जोडिनुहोस
बुधबार, पुस २, २०८२
बुधबार, पुस २, २०८२
  • होमपेज
  • नेपाल बैंकका कर्मचारी र ग्राहकहरूलाई आगन्तुक रिसोर्टमा बिशेष छुट

नेपाल बैंकका कर्मचारी र ग्राहकहरूलाई आगन्तुक रिसोर्टमा बिशेष छुट

नेपालको पहिलो बैंक नेपाल बैंकका कर्मचारी, कर्मचारीका परिवारका सदस्यहरू र ग्राहकहरूलाई धुलिखेलको आगन्तुक रिसोर्टमा २५ प्रतिशतसम्म विशेष छुट पदान गर्ने सम्झौता गरिएको छ । नेपाल बैंक र आगन्तुक रिसोर्ट बिच सोमबार भएको सम्झौता बमोजिम नेपाल बैंकका कर्मचारी र कर्मचारीका परिवारका सदस्यहरूलाई आगन्तुक रिसोर्टमा खाना तथा आवासमा २५ प्रतिशत र पेय पदार्थमा लाग्ने  शुल्कमा १५ प्रतिशत छुट दिने सम्झौता भएको हो ।

त्यसैगरि यस बैंकको डेविट कार्ड ,क्रेडिट कार्ड, मोवाइल बैंकिङ्ग,इन्टनेट बैंकिङ्ग र क्युआर कोड मार्फत मार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई पनि उक्त छुट दिने  व्यवस्था गरिएको छ । नेपाल बैंक लिमिटेड प्रधान कार्यालयमा भएको उक्त सम्झौतामा नेपाल बैंक लिमिटेडका प्रमुख वित्त अधिकृत होम बहादुर खड्का र आगन्तुक रिर्सोटको तर्फबाट बोर्ड संयोजक कृष्ण ज्ञवालीले हस्ताक्षर गरेका हुन् । 

नेपालभर द्दज्ञघ शाखाहरु, ज्ञद्धठ ए६िएम साथै द्धढ व६ा एक्स६ेन्सन काउन्६र मार्फत करिब द्दण् लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरि आधुनिक बैंकिé प्रविधि मार्फत बैकिé सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि  रुपमा अगा८ि ब९िरहेको ५ । 

5770
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका