![शिखर इन्स्योरेन्सद्वारा जुम्लाका स्याउ बीमाका बीमितलाई दाबी भुक्तानी](http://aarthikbazarnews.com/wp-content/uploads/2022/03/unnamed-68.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
शिखर इन्स्योरेन्सले जुम्ला जिल्लामा स्याउ बीमा गर्ने किसानहरुलाई दाबी भुक्तानी वितरण गरेको छ ।
आज जुम्लाको उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित दाबी भुक्तानी वितरण तथा अन्तरक्रिया कार्यक्रममार्फत् भुक्तानी वितरण गरिएको हो ।
कम्पनीका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले बीमितहरुलाई दाबी भुक्तानी वापतपको रकम हस्तान्तरण गरेका हुन् ।
![](https://ci3.googleusercontent.com/proxy/BG5VXDhH3fUEgrTlfABSrvTZmDJMwC3vZeO2z3c9qidmAWZIgjsBpVI4guI3a9ht8nDB111btcQlXMf8CX_Od2kVoni9KBq9d8MlJyQl8AfVIEykPDfr4HJqGzTZtpg1-ZSOef5hrZDyJ-_2auLdrOe-MqYe5A=s0-d-e1-ft#https://clickmandu.com/wp-content/uploads/2022/03/00923EAA-5E93-449F-BB33-7ADF230507C2-768x413.jpeg)
शिखर इन्स्योरेन्सले जुम्लाका विभिन्न गाउँपालिकामा रहेका १६ लाख स्याउका बोटमध्ये मौसम सूचकांक बीमा अन्तर्गत १ लाख २० हजार ७०८ बोटको बीमा गरेको छ ।
पछिल्लो ५ वर्षको तथ्यांक हेर्दा कम्पनीले ७ हाजर ४३७ बीमितका ४ लाख २७ हजार १६६ रुपैयाँ स्याउका बोटको बीमा गरेको छ । जसबाट कम्पनीले ७ करोड २ लाख रुपैयाँ संकलन गरी ८ करोडभन्दा बढी दाबी वापतको रकम भुक्तानी गरिसकेको छ ।
शिखर इन्स्योरेन्सले हाल कर्णाली प्रदेशका जुम्ला, मुगु, डोल्पा, कालिकोट र सिमकोटमा पनि स्याउका बोटको मौसमी सूकांकमा आधारित बीमा गर्दै आएको छ