जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • राष्ट्र बैंकद्वारा विदेशी बैंक नेपाल भित्र्याउन चुक्ता पुँजीमा पुनरावलोकन(पूर्णपाठसहित)

राष्ट्र बैंकद्वारा विदेशी बैंक नेपाल भित्र्याउन चुक्ता पुँजीमा पुनरावलोकन(पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकले विदेशी बैंकहरुलाई नेपाल ल्याउनका लागि चुक्ता पुँजीमा पुनरावलोकन गरेको छ। राष्ट्र बैंकले बुधबार ‘फरेन बैंक ब्राञ्च लाइसेन्सिङ पोलिसी २०२२’ जारी गर्दै चुक्ता पुँजी पुनरावलोकन गरेको हो।

राष्ट्र बैंकले यसअघि नेपाली वाणिज्य बैंक तथा वित्तीय संस्थााहरुको चुक्ता पुँजी वृद्धि गर्दा त्यही अनुसार विदेशी बैंकका लागि पनि पुँजी निर्धारण गरेको थियो। नेपाली बैंकको ८ अर्ब रुपैयाँ पुर्याइएको छ। त्यही अनुसार ८ अर्ब हुने खालको नीति लिइएको थियो।

त्यो नीतिलाई खारेज गर्दै राष्ट्र बैंकले दुई करोड डलर चुक्ता पुँजी हुने ब्यवस्था गरिएको हो। नेपालमा विदेशी बैंकले प्रतिनिधि कार्यालय राख्नका लागि अवलम्बन गरिने प्रकृयाका बारेमा पनि नीतिमा उल्लेख गरिएको छ।

2675
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका