जोडिनुहोस
शुक्रबार, पुस १२, २०८१
शुक्रबार, पुस १२, २०८१
  • होमपेज
  • टीभीएस रेडर १२५ ले पायो ‘इण्डियन मोटरसाइकल अफ दि इयर’को अवार्ड

टीभीएस रेडर १२५ ले पायो ‘इण्डियन मोटरसाइकल अफ दि इयर’को अवार्ड

टीभीएस रेडर १२५लाई प्रतिष्ठित भारतीय अवार्ड, इण्डियन मोटरसाइकल अफ दि इयर ९आईएमओटीवाई० पाएको छ ।

टीभीएस रेडर १२५, आफ्नो आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, इन्धन मितब्ययीता, उत्कृष्ट कार्य सम्पादन क्षमता र भारतीय महाद्विपीय सवारी अवस्थाहरुमा स्थिरताका लागि परिचित छ । कार्यक्रममा टीभीएस रेडारले मनोनयनमा परेका अन्य ५ कडा प्रतिस्पर्धी मोटरसाइकललाई पछि पार्दै उपाधि हात पारेको हो ।

इण्डियन मोटरसाइकल अफ दि इयर (आईएमओटीवाई) उपाधिको छनोट तथा घोषणाका लागि फिनालेमा १४ सदस्यिय निर्णायक मण्डलको गठन गरिएको थियो । निर्णायक मण्डलका सदस्यहरुमा अटो टूडेका एसोसिएट एडिटर राहुल घोष, अटो टूडेका सिनियर स्पेशल करेस्पोन्डेन्ट दिप्यन दत्ता, अटोएक्सका रोड टेष्ट एडिटर शिवांक भट्ट लगायत सम्मिलित रहेका थिए ।

इंडिया टुडे उल्लेखित लेखद्वारा ‘निर्णायक मण्डलीका सदस्यहरुको विशेषज्ञाले पूर्ण प्रमाणिकरण प्रदान गर्ने हुँदा आईएमओटीवाई सवारी साधन उद्योगमै सर्वाधिक प्रतिष्ठित अवार्डका रुपमा स्थापित छ । टीभीएस रेडरलाई यस्तो प्रतिष्ठित अवार्डद्वारा सम्मानित गरिँदा हामी निकै गौरवान्वित छौँ । यसका श्रेय हामी समग्र टीभीएस मोटर्सको टिम लगायत टीभीएस रेडारलाई मायाँ गर्नुहुने समग्र उपभोक्तालाई दिन चाहान्छौँ’, अवार्ड समारोहमा उपाधि ग्रहण गर्दै टीभीएस मोटर्सका वरिष्ठ उपाध्यक्ष मार्केटिंग अनिरुढ हल्दारले भने ।

हरेक बर्ष भारतिय बजारमा अनेक बाइकहरु सार्वजनिक हुन्छन् । ती मध्य धेरै जसो बजारमा कुनै छाप छोड्न नपाउँदै बिलाउँछन् भने कतिले अटोमोबाइल व्यापारमै उल्लेखनिय बिक्रीको रेकर्ड राख्न सफल भएको छ ।

यस बर्ष टीभीएस रेडरले भारतीय बजारको दुई पांग्रे सवारी साधनको श्रेणीमै सर्वाधिक विक्री सहित अग्रता हात पार्न सफल भएको छ ।
जगदम्बा मोटर्सद्वारा सन् २०२१को नोवेम्बरमा सार्वजनिक गरिएको यो बाइक युवाहरु माझ अत्यधिक लोकप्रिय छ र नेपालमा पनि उल्लेखनिय संख्यामा विक्रि भइरहेको छ ।

टीभीएस रेडर १२५मा आकर्षक मस्कुलर लुक्सका साथमा एड्जस्टेवल मोनोशक सस्पेन्सन, यूएसबी चार्जिंग, अन्डर सिट स्टोरेज र फराकिलो टायर लगायत विशेषताहरु उपलब्ध रहेका छन् । साथै, यसमा रहेका आकर्षक नयाँ एलईडी हेडलाइट, एंगुलर एलईडी डीआरएलहरु तथा फेन्डर अप फ्रण्टले समग्र बाइकको लुक्सलाई अझ आकर्षण प्रदान गरेको छ ।

१ सय २४ दशमलव ८ सीसी, सिंगल सिलिन्डर, एयर आयल कुल्ड एसआई कार्बुरेटर ईञ्जिनद्वारा शक्ति प्रदान गरिएको यसले ७५०० आरपीएममा १२।९ पीएस शक्ति उत्पादन गर्ने र ६ हजार आरपीएममा ११.५ एनएम अधिकतम टर्क उत्पादन गर्ने क्षमता बोकेको छ । बजारमा उपलब्ध अधिकांश १ सय ५० सीसीका मोटरसाइकलमा हाल सम्म पनि २ भल्भ इञ्जिनको प्रयोग भइ रहँदा यो बाइक भने ३ भल्भ इञ्जिनका साथमा बजारमा उपलब्ध गरिएको छ यो मोटरसाइकलले शुन्यदेखि ६० किलो मिटर प्रति घण्टाको गति जम्मा ५.९ सेकेण्डमा प्राप्त गर्ने क्षमता बोकेको छ । भारतीय बजारमा आईएमओटीवाई अवार्डद्वारा सम्मानित यो बाइक नेपाल भर रहेका टीभीएस शोरुमहरु मार्फत सहजै उपलब्ध रहेको छ ।

4720
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?