जोडिनुहोस
शुक्रबार, पुस ४, २०८२
शुक्रबार, पुस ४, २०८२
  • होमपेज
  • बीओके डिबेन्चर २०८६ जारी गर्न एनआइबीएल एस क्यापिटल बिक्री प्रबन्धक नियुक्त

बीओके डिबेन्चर २०८६ जारी गर्न एनआइबीएल एस क्यापिटल बिक्री प्रबन्धक नियुक्त

बैंक अफ काठमाण्डूले बिओके डिबेन्चर २०८६ (क) ऋणपत्र जारी एनआइबीएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

बैंक अफ काठमाण्डूले एक हजार रुपैयाँ अंकित दरको एक अर्ब १० करोड रुपैयाँ रकम बराबरक ११ लाख कित्ता बिओके डिबेन्चर २०८६ (क) ऋणपत्र जारी गर्न लागेको हो। 

उक्त ऋणपत्रको अवधि ७ वर्ष रहने र ब्याजदर १०.५० प्रतिशत रहने बैंकले जनाएको छ।

यस बैंकले ९९ शाखा, ८७ एटीएम र १० एक्सटेन्सन काउन्टरहरु मार्फत वित्तीय सेवा दिँदै आएको छ। सम्झौतामा बैंक अफ काठमाण्डूको तर्फ प्रमुख कार्यकारी अधिकृत श्रवणलाल मास्के र एनआइबिएल एस क्यापिटलको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले सम्झौतामा हस्ताक्षर गरेका छन्।

5155
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका