जोडिनुहोस
आइतवार, चैत्र २, २०८१
आइतवार, चैत्र २, २०८१
  • होमपेज
  • बुधबारदेखि ललितपुरमा पुष्प मेला सुरु हुँदै

बुधबारदेखि ललितपुरमा पुष्प मेला सुरु हुँदै

फ्लोरिकल्चर एसोसिएसन नेपालले आगामी बुधबारदेखि  ललितपुरमा फ्लोरा एक्स्पो गर्ने भएको छ ।

जावलाखेल मैदानमा हुन लागेको  एक्स्पोमा एसोसिएसनसँग पुष्प बिकास केन्द्र, बागमती प्रदेश सरकार, कृषि तथा पशुपंछी बिकास मन्त्रालय र कृषि विभागले सहकार्य गरेको छ।  

मेला तीनदिनसम्म चल्ने एसोसिएसनका बरिष्ठ उपाध्यक्ष तथा मेलाका संयोजक शिव बहादुर खड्काले जानकारी दिए। चार दिनसम्म चल्ने प्रदर्शनीले पुष्प व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धनमा सघाउ पुर्याउने उनले बताए। 
 
एक्स्पोमा करिब ६२ वटा स्टल संचालन हुने बताइएको छ। स्टलमध्ये व्यावसायिक स्टल ५६ वटा, अफिसियल स्टल ४ वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल २ वटा रहने एसोसिएसनले जनाएको छ ।  मेलाको  ४५ हजारले अवलोकन गर्ने र करिब ७५ लाखसम्मको व्यावसायिक कारोबार हुने अपेक्षा एसोसिएसनले गरेको छ । 

 मेलामा मौसमी फूल, आलंकारिक बोट बिरुवा, कट फ्लावर,ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस कृषि औजार, उपकरण, प्याकेजिंगका सामाग्री राखिने  छ ।

साथै, सुक्ष्म तथा थोपा सिचाई प्रविधी आधुनिक पुष्प खेती प्रविधी र जैविक विषादीका प्रदर्शनी तथा बिक्री कक्ष रहने छन्।

मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपूर्तिकर्ता कम्पनी, व्यवसायीहरु तथा विभिन्न संघ संस्थाहरुको सहभागिता रहने एसोसिएसनले जनाएको छ ।

एसोसिएसनका अनुसार १० उत्कृष्ट मौसमी फूल, २० उत्कृष्ट आलंकारिक बिरुवा, ३० उत्कृष्ट फूल्ने बिरुवा, ४० उत्कृष्ट पुष्प सजावट, ५० उत्कृष्ट स्टल, ६० उत्कृष्ट कट फ्लावर गुलाब, ७० उत्कृष्ट कट फ्लावर कार्नेशन, ८० उत्कृष्ट कट फ्लावर ९ जरबेरा गरी आठ विधामा प्रतिस्पर्धा समेत हुनेछ।

4390
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका