जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • सिद्धार्थ इन्स्योरेन्सको साधारणसभा आह्वान, मर्जरको प्रस्ताव पनि समावेश

सिद्धार्थ इन्स्योरेन्सको साधारणसभा आह्वान, मर्जरको प्रस्ताव पनि समावेश

सिद्धार्थ इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र ३० गते बुधबार पर्यटन बोर्डको सभाकक्षमा साधारणसभा गर्न लागेको हो  ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ।   

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १७ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । चैत्र १६ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव:

क. सामान्य प्रस्तावः 

१. सञ्चालक समितिको तर्फवाट अध्यक्ष ज्यू द्धारा प्रस्तुत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने । 

२. लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/०७८ को वासलात,नाफा-नोक्सान हिसाव तथा सोहि अवधिको नगद प्रवाह सहितको विवरण तथा सो सँग सम्बन्धित अनुसूचिहरु छलफल गरी पारीत गर्ने ।

३. लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम आ.व.२०७८/०७९ को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने । (वर्तमान लेखापरिक्षक श्री एस.ए.आर. एसोसियट्स ,चार्टर्ड एकाउण्टेण्टस् कानुनत पुन: नियुक्त हुन सक्नेछ।

४. संचालक समितिले प्रस्ताव गरे बमोजिम चक्ता पंजीको ०.७८९५ प्रतिशतले हुन आउने रकम रु.८८,४२,१०५- नगद लाभांश प्रस्तावित वोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ) स्वीकृत गर्ने । 

५. सञ्चालक समितिमा रिक्त स्वतन्त्र (विज्ञ) सञ्चालकको पदमा भएको सञ्चालकको नियुक्ति अनुमोदन गर्ने

1910
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका