Sticky Breaking News
बिग मर्जरको हल्लाले वाणिज्य बैंकका संचालक र सीइओ साबहरु तनाबमा, प्रभु र सेञ्चूरी, मेगा र कुमारी मर्जरः राष्ट्र बैंक बैंखबर ?
नेपालका २७ वाणिज्य बैंकहरु बीच बिग मर्जरले अहिले बैकिङ्ग क्षेत्र फेरि तातेको छ तर, मर्जर भन्दा बढि हो–हल्ला छ भन्दा फरक पर्दैन । नेपालका ठूला भनिएका नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडको मर्जर सम्झौता आएको करिब १० महिना पछि मर्जर विफल भयो, अहिले बजारमा प्रभु बैंक लिमिटेड र सेञ्चुरी बैंक लिमिटेडबीच मर्जरको बरेमा दर्जनौ समाचार आएका छन् यति मात्रै होइन मेगा बैंक नेपाल लिमिटेड र कुमारी बैंक लिमिटेड बीच यसै साता सम्झौत हुने जस्ता समाचार वाहिर आएका छन् तर न त प्रभू बैंकका सीइओ न मेगा बैंकका सीइओ नै यस्ता समाचारमा सत्यता नभएको दाबी गर्दछन् । हुनत मर्जर सीइओलाई भन्दा बढि सञ्चालकहरुलाई नै थाहा हुने कुरा हो । यसले पनि अन्यौल होला । हल्लाले सीइओ देखि सञ्चालकहरु तनाबमा पर्ने वातावरण बन्दै आएको छ भन्दा फरक पर्दैन । यति मात्रै होइन मर्जरको हो–हल्ला फिजाएर शेयर माफियाहरुले शेयर बजार माथी चलखेल गर्ने गरेका तथ्य पनि हामी सामु छन् भन्दा फरक पर्दैन ।
हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड बीचको बीच मर्जर तुहिएपछि साना भनिएका वाणिज्य बैंकहरुको महत्व बढेको देखिन्छ । भन्दा फरक पर्दैन्न ।
यतिबेला नेपाली बैंकिङ क्षेत्रमा ‘मर्जर’ र ‘एक्विजिसन’ शब्द निकै चर्चा र जनचासोको विषय बनेको देखिन्छ । शाखा सञ्जाल, व्यापार र आन्तरिक सुदृढीकरणका हिसाबले करिब–करिब बराबरी सामथ्र्यका दुई वित्तीय संस्थाबीचको एकीकरण नै वास्तवमा ‘मर्जर’ हो । सामान्यतया ठूलो संस्थाले सानो वा आकारले ठूलो भइकन पनि सामथ्र्यले कमजोर संस्थालाई किन्नु वा आफूमा मिलाउनुलाई ‘एक्विजिसन’ को संज्ञा दिने गरिन्छ । यी दुई प्रक्रियाका कारण नेपालमा वित्तीय संस्थाको संख्या घट्ने प्रक्रिया जारी त छ । हो–हल्लाको खेती बढेको देखिन्छ । नियामक निकाय नेपाल राष्ट्र बैंकले कमजोर तथा साना बैंकहरूलाई मर्जर वा एक्विजिसनमा पठाएर बैंकको हालको संख्यालाई करिब आधामा झार्ने नीति अख्तियार गरेको भेटिएको छ तर सफल चाहि भएको पाइदैन ।
साना–ठूला र समान तहका बैंक तथा वित्तीय संस्थाहरूबीच मर्जको अनुभव र प्रयोग गरिसकेको नेपाली वित्तीय क्षेत्रमा हाल ठूला वाणिज्य बैंकहरू गाभिएर झन् ठूला बैंकहरू बनाउने ठूला मर्ज वा विलय (बिग मर्ज) को सम्भावना र आवश्यकतामा विभिन्न कोणबाट अनौपचारिक चर्चा–परिचर्चासँगै हुने गरेको भेटिएको छ । ‘बिग मर्ज’ अन्तर्गत ठूला वाणिज्य बैंकहरूबीच मर्ज वा विलयबाट अहिलेको भन्दा डेढ वा दुई गुना बढी चुक्ता पुँजीसहित बलियो पुँजीगत आधार र लगानी क्षमताका झन् ठूला बैंकहरूको उदय हुने देखिन्छ । यसअगाडि पनि कमर्ज एन्ड ट्रस्ट तथा ग्लोबल, बैंक अफ एसिया तथा एनआईसी, लुम्बिनी तथा बैंक अफ काठमाण्डू र ग्रान्ड तथा प्रभु (तत्कालीन किस्ट) बैंकसँग मर्ज भएका छन् । जसले नेपालको बैंकिङ क्षेत्रले ठूलो मर्जको सम्भावना र व्यावहारिक प्रयोगलाई यथार्थतामा अपनाइसकेको छन् भन्दा अब फरक पर्दैन ।
पछिल्लो समय नयाँ बैंकहरुले पुराना बैंकहरुसँग प्रतिस्पर्धी रुपमा अघि बढ्न थालेपछि पुराना बैंकहरुले मर्जरको बाटो अपनाउन थालेको भेटिएको छ ।
विगतलाई हेर्दा पनि बीम मर्जरमा होहल्ला धेरै, कार्यान्वयनमा जटिलता देखिएका धेरै उदाहरणहरु छन् । यसअघि हिमालयन बैंक लिमिटेड र नेपाल इन्भेस्टमेन्ट बैंकबीचको मर्जर प्रक्रिया असफल भएको छ । हिमालयन बैंकको वार्षिक साधारणसभाले नेपाल इन्भेस्टमेन्टसँगको मर्जर प्रस्ताव अस्वीकृत गरेको थियो । हिमालयन र इन्भेस्टमेन्ट बैंकबीच ३० वैशाख २०७८ मा मर्जरको प्रारम्भिक सहमति भएपछि दुवै बैंकले राष्ट्र बैंकमा निवेदन दिएका थिए । राष्ट्र बैंकले २०७८ जेठमा मर्जरको सैद्धान्तिक स्वीकृति दिएको थियो ।
ग्लोबल आइएमई बैंकले जनता बैंकलाई गाभेर अहिले वाणिज्य बैंकहरुमध्येकै सबैभन्दा ठूलो बैंक बनेको छ । ग्लोबल आइर्एमई बैंक पूँजीको साथै नाफामा पछि अगाडि आउन थालेसँगै अन्य बैंकहरुलाई पनि मर्जरमा जान दबाव बढेको देखिन्छ भन्दा फरक पर्दैन । कुनै समय नम्बर १ रहेको इन्भेष्टमेन्ट बैंकले नम्बर १ को ताज हराउँदै गएपछि हिमालयन बैंकसँग मर्जरमा जाने सहमति गरेको थियो तर दुई बैंकको बीचमै कुरा नमिलेपछि अहिले मर्जर भाँडिएको छ । बिग मर्जरबाट अन्य बैंकहरुले उछिन्न थालेपछि नबिल बैंकले पनि नेपाल बंगलादेश बैंकलाई गाभ्ने भएको सम्झौता गरेको भेटिएको छ । नम्बर १ को ताज जोगाउन नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभ्ने सम्झौता गरिसकेको छ । मर्जर पश्चात नबिल बैंक पूँजीको हिसाबले दोस्रो स्थानमा पुग्नेछ भने अहिलेको नेपाल बंगलादेश बैंकको नाफालाई आधार मान्दा खुद नाफामा पनि अगाडि आउने देखिन्छ । नेपाल राष्ट्र बैंकले पनि बैंकहरुलाई अहिले मर्जरमा जान प्रोत्साहन गर्दै आएको छ । वाणिज्य बैंकहरुको संख्या धेरै भएको भन्दै केन्द्रीय बैंकले मर्जरमा जान दबाव दिएको हो । सोही कारण पनि वाणिज्य बैंकहरुले अहिले मर्जरको लागि अन्य बैंकहरुसँग छलफल युद्धस्तरमै चलाएको देखिन्छ ।
विगतलाई हेर्दा पनि बीम मर्जरमा होहल्ला धेरै, कार्यान्वयनमा जटिलता देखिएका धेरै उदाहरणहरु छन् । यसअघि हिमालयन बैंक लिमिटेड र नेपाल इन्भेस्टमेन्ट बैंकबीचको मर्जर प्रक्रिया असफल भएको छ । हिमालयन बैंकको वार्षिक साधारणसभाले नेपाल इन्भेस्टमेन्टसँगको मर्जर प्रस्ताव अस्वीकृत गरेको थियो । हिमालयन र इन्भेस्टमेन्ट बैंकबीच ३० वैशाख २०७८ मा मर्जरको प्रारम्भिक सहमति भएपछि दुवै बैंकले राष्ट्र बैंकमा निवेदन दिएका थिए । राष्ट्र बैंकले २०७८ जेठमा मर्जरको सैद्धान्तिक स्वीकृति दिएको थियो । तर पनि यी दुई बैंकको मर्जर भने सफल हुन सकेन भन्दा फरक पर्दैन । नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बंगलादेश बैंक (एनबी) गाभ्न सैद्धान्तिक सहमति प्रदान गरिसकेको छ । नबिल बैंकले एनबी बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको देखिन्छ ।
मेगा बैंक लिमिटेड अर्को एक वाणिज्य बैंकलाई गाभेर बलियो बन्ने तयारीमा जुटेको देखिन्छ । मेगा बैंक लिमिटेले कुमारी बैंक लिमिटेडलाई मर्ज गरेर ठूलो वित्तीय संस्था बन्ने तयारीमा जुटेको हो । भन्दा अब फरक पर्दैन । मेगा र कुमारी बैंकका संचालकबीच मर्जरका लागि केही चरणका छलफल भइसकेका समाचार बाहिर आएका छन् । सबै कुराहरु सकारात्मक रुपमा अगाडि बढिरहेका छन् । भनिन्छ नेपालको बैंकिङ इतिहासमा बैंक तथा वित्तीय संस्थाबीच केही ‘बिग मर्जर’ भएका छन् । ग्लोबल आइएमई बैंक यसको पछिल्लो उदाहरण हो । तत्कालीन ग्लोबल आइएमई बैंक र जनता बैंकबीच (दुवै वाणिज्य बैंक) को एकीकरण हालसम्मकै सबैभन्दा ठूलो मर्जर हो । भन्दा फरक पर्दैन हेक्का होस् ।
एनबी बैंकको एक्विजिसन पश्चात् नबिल बैंकको चुक्ता पुँजी, कर्जा लगानी, निक्षेप परिचालन, खुद मुनाफा तथा अन्य वित्तीय सूचकहरुमा अग्रणी बैंकको रुपमा स्थापित हुने देखिन्छ । हाल नबिल बैंकको चुक्ता पुँजी करिब १८ अर्ब ५० करोड र एनबी बैंकको करिब १० अर्ब ९ करोड रहेको छ । यस एक्विजिसन पश्चात् हाल सहमत गरिएको स्वाप रेसियो अनुरुप बैंकको चुक्ता पुँजी करिब २३ अर्ब पुग्नेछ । पौष मसान्तसम्ममा नबिल बैंकसँग २९ अर्बभन्दा बढी र एनबी बैंकसँग १४ अर्ब भन्दा बढी प्राथमिक पुँजी रहेकोमा एक्विजिसन पश्चात् बैंकको प्राथमिक पुँजी ४४ अर्बभन्दा बढी हुनेछ । यसले राष्ट्रिय गौरव तथा निर्माणका क्रममा रहेका ठूला आयोजनाहरुमा नबिल बैंकको प्रमुख वित्तीय लगानी रहँदै आएकोमा थप व्यवसाय विस्तार गर्न मद्दत पुग्ने देखिन्छ । यसैगरी ६ महिनाको अवधिमा नबिल बैंकको खुद मुनाफा २ अर्ब १८ करोडभन्दा बढी तथा एनबी बैंकको ८१ करोडभन्दा बढी रहेकोमा एक्विजिसन पश्चात् बैंकको खुद मुनाफा २ अर्ब ९९ करोड भन्दा बढी कायम हुने देखिन्छ ।
यस एक्विजिसन पश्चात् नबिल बैंकको कुल कर्जा करिब ३ खर्ब १ अर्ब र कुल निक्षेप करिब ३ खर्ब १८ अर्ब कायम हुनेछ । यसका साथै, एनबी बैंकसँग एकीकृत कारोबार सुरु भएपछि नबिल बैंकको शाखा सञ्जाल २४१ र एटीएम संख्या २९२ पुग्नेछ । तर पनि विगतमा बीग मर्जमा कठिनाई भएका कारण नबिल र नेपाल बंगलादेशको मर्जर के होला भन्ने चासो र चर्चा चलेको छ भन्दा फरक पर्दैन । मेगा बैंक लिमिटेड अर्को एक वाणिज्य बैंकलाई गाभेर बलियो बन्ने तयारीमा जुटेको देखिन्छ । मेगा बैंक लिमिटेले कुमारी बैंक लिमिटेडलाई मर्ज गरेर ठूलो वित्तीय संस्था बन्ने तयारीमा जुटेको हो । भन्दा अब फरक पर्दैन । मेगा र कुमारी बैंकका संचालकबीच मर्जरका लागि केही चरणका छलफल भइसकेका समाचार बाहिर आएका छन् । सबै कुराहरु सकारात्मक रुपमा अगाडि बढिरहेका छन् । भनिन्छ नेपालको बैंकिङ इतिहासमा बैंक तथा वित्तीय संस्थाबीच केही ‘बिग मर्जर’ भएका छन् । ग्लोबल आइएमई बैंक यसको पछिल्लो उदाहरण हो । तत्कालीन ग्लोबल आइएमई बैंक र जनता बैंकबीच (दुवै वाणिज्य बैंक) को एकीकरण हालसम्मकै सबैभन्दा ठूलो मर्जर हो । भन्दा फरक पर्दैन हेक्का होस् ।
प्रभु बैंकमा लामो समय टिक्न सकेनन् । मर्जरको केही समयमै अशोक शेरचनले विस्थापित गरे । शेरचन कायम मुकायम सिइओकारुपमा थिए । दुई ठूला मर्जरमा सामान्यतया मर्जरपछिको अध्यक्ष र सिइओमा भागबन्डा गर्ने अभ्यास छ । एउटा बैंकबाट अध्यक्ष बनेपछि सिइओ अर्को बैंकबाट ल्याउँदा शक्तिसन्तुलन मिल्ने तथा सहअस्तित्वसमेत प्रतिविम्बित हुने बुझाइका कारण मर्जरप्रक्रियामा बाँडफाँडको यो अभ्यास गरिन्छ । यो प्रक्रियामा प्रायः अध्यक्ष गुमाएकालाई अध्यक्षपछिको पहिलो वरीयताको निर्देशक (बोर्ड मेम्बर) र सिइओ गुमाएकालाई डेपुटी सिइओको जिम्मेवारीमा व्यवस्थापन गरिन्छ । यदाकदा एकीकृत संस्थामा दुवै पक्षलाई स्वीकार्य हुने नयाँ सिइओ ल्याउने पनि अभ्यास छ ।
मर्जरपछि बनेको ग्लोबल आइएमई बैंकको अध्यक्ष चन्द्र ढकाल रहने सहमति भयो, जो हालसम्म पनि कायमै छन् । बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) भने जनता बैंकको तर्फबाट पर्शुराम कुँवरलाई बनाइयो । चार वर्षे कार्यकालका लागि नियुक्त भएका कुँवर देशकै ठूलो वाणिज्य बैंकको करिब सात महिनाको पाहुना मात्र बनेका थिए । यसबाटै प्रष्ट हुन्छ मर्जर पछि सीइओ टिक्दैनन् भनेर । नेपालको बैंकिङ इतिहासमा सन् २०१४ मा पनि ‘बिग मर्जर’ भएको थियो । तत्कालीन किस्ट बैंक लिमिटेड, प्रभु विकास बैंक लिमिटेड, गौरीशङ्कर विकास बैंक लिमिटेड र जेनिथ फाइनान्स लिमिटेडबीच मर्जर भई प्रभु बैंकको निर्माण भयो । मर्जरपछि बनेको प्रभु बैंकले सन् २०१७ मा ग्रन्ड बैंकलाई समेत अक्वाएर ग¥यो । तत्कालीन अवस्थामा ए लेबलको किस्ट बैंकसहित चार वित्तीय संस्थाबीच भएको मर्जर साहसिक र उदाहरणीय कार्य थियो । त्यसलगत्तैको ग्राण्डको एक्विजिसनले प्रभु बैंकलाई थप मजबुत भन्दा फरक पर्दैन । प्रभु बैंक अहिले पनि राम्रो बैंक छ भन्दा फरक पर्दैन ।
‘बिग मर्जर’मार्फत जन्मिएको प्रभु बैंकको पहिलो अध्यक्षमा पहिले प्रभु विकास बैंकको नेतृत्व गरिरहेका देवीप्रकाश भट्टचन चयन भए । प्रभु बैंकको सिइओ कुमार लम्साललाई दिने सम्झौता भयो । तर, उनी पनि प्रभु बैंकमा लामो समय टिक्न सकेनन् । मर्जरको केही समयमै अशोक शेरचनले विस्थापित गरे । शेरचन कायम मुकायम सिइओकारुपमा थिए । दुई ठूला मर्जरमा सामान्यतया मर्जरपछिको अध्यक्ष र सिइओमा भागबन्डा गर्ने अभ्यास छ । एउटा बैंकबाट अध्यक्ष बनेपछि सिइओ अर्को बैंकबाट ल्याउँदा शक्तिसन्तुलन मिल्ने तथा सहअस्तित्वसमेत प्रतिविम्बित हुने बुझाइका कारण मर्जरप्रक्रियामा बाँडफाँडको यो अभ्यास गरिन्छ । यो प्रक्रियामा प्रायः अध्यक्ष गुमाएकालाई अध्यक्षपछिको पहिलो वरीयताको निर्देशक (बोर्ड मेम्बर) र सिइओ गुमाएकालाई डेपुटी सिइओको जिम्मेवारीमा व्यवस्थापन गरिन्छ । यदाकदा एकीकृत संस्थामा दुवै पक्षलाई स्वीकार्य हुने नयाँ सिइओ ल्याउने पनि अभ्यास छ । तर, यी अभ्यासले लक्षित परिणाम भने दिन सकेका छैनन् । कारण हो अध्यक्ष पक्ष लगानीका आधारमा बलियो हुनु र सिइओ अर्को पक्षबाट ल्याइनु । जसमा परस्पर समन्वय र विश्वासमा समस्या आउने देखिन्छ । भन्दा फरक पर्दैन हेक्का होस् । भनिन्छ मर्जर पछि डेपुटी सिइओलाई अघि बढाउन थाल्छन्, सिइओका अधिकार अन्यत्रबाट प्रयोग हुन थाल्छन्, अन्ततः सिइओ राजीनामा दिन बाध्य हुन्छन् । यसबाट पनि मर्जर हुने हल्लाले वाणिज्य बैंकका सीइओहरु तनाबमा पुग्ने गरेका छन् भन्दा अब फरक पर्दैन । सचेत भया ।