जोडिनुहोस
बुधबार, बैशाख १०, २०८२
बुधबार, बैशाख १०, २०८२
  • होमपेज
  • नेप्सेद्वारा साल्ट ट्रेडिङ कर्पोरेसनको बोनस सेयर १० प्रतिशतका आधारमा मूल्य समायोजन

नेप्सेद्वारा साल्ट ट्रेडिङ कर्पोरेसनको बोनस सेयर १० प्रतिशतका आधारमा मूल्य समायोजन

 नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्य समायोजन गरेको छ। कर्पोरेसनले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयरका आधारमा मूल्य समायोजन गरेको हो।

समायोजनपछि कर्पोरेसनको सेयर मूल्य ४ हजार ६८३.६४ रुपैयाँ निर्धारण भएको छ। मंगलबार कम्पनीको कारोबार सोही मूल्यबाट सुरु हुनेछ।

नेप्सेले साल्ट ट्रेडिङ कर्पोरेसनको अन्तिम कारोबार मूल्य ५१ सय ५२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो। कर्पोरेसनले आर्थिक वर्ष २०७७/७८ का लागि १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। चैत ३० गते संचालन हुन गइरहेको कम्पनीको ५५ औं वार्षिक साधारणसभाबाट लाभांशको प्रस्ताव पारित हुँदै छ।

साधारणसभा प्रयोजनका लागि चैत १५ गतेदेखि चैत ३० गतेसम्म इन्स्योरेन्सले सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) मिति तय गरेको छ। जसअनुसार चैत १४ गतेसम्म कायम सेयरधनीहरुले मात्र कर्पोरेसनको वार्षिक साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्। 

4435
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका