सरकारले विभिन्न २३ वटा निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले २३ वटा निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
बैठकले हेटौडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रवन्धकमा बसन्तकुमार पाण्डेलाई नियुक्त गरेको छ । समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्षमा प्रशासकीय अदालतका पूर्व अध्यक्ष काशीराज दाहालालाई र सदस्यमा केशवराज आचार्यलाई नियुक्त गरेको छ ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी समितिको सदस्यमा रञ्जनकृष्ण अर्याल र प्रा.डा. भगवानदास मानन्धरलाई मनोनयन गर्ने निर्णय भएको छ । श्रम अदालतको अध्यक्षमा उच्च अदालत बिराटनगरस्थित वखलढुंगा इजलाशका न्यायाधीश बासुदेव आचार्यलाई तोक्ने निर्णय पनि गरेको छ ।
निर्णयहरुः
सम्बन्धित समाचार
" class="lazy">