![कुमारी बैंकमा रामचन्द्र खनाल सीइओ नियुक्त](http://aarthikbazarnews.com/wp-content/uploads/2022/04/Kumari-Bank-CEO-ram-chandra-1024x512.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
कुमारी बैंक लिमिटेडले ९ महिना पछि सीइओ नियुक्त गरेको छ । कुमारी बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा रामचन्द्र खनाललाई नियुक्त गरेको हो । बैंकमा कामू सीइओको रुपमा रहेका खनाललाई कुमारीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले बुधबारदेखि लागू हुने गरेर ४ वर्षको लागि सीइओ नियुक्त गरेको हो । खनाल कुमारी बैंकका नियुक्त भएका सीइओहरु मध्ये अहिलेसम्मका कान्छा सीइओ हुन् ।
कुमारी बैंकमा गतवर्ष साउनदेखि सीइओ पद खाली थियो । कामूको भरमा चलाएको कुमारीले ९ महिनापछि खनाललाई सीइओ बनाएको हो ।
कुमारी बैंकले माघ २४ मा खनाललाई कामू प्रमुख कार्यकारी अधिकृतको जिम्मा दिएको थियो । तत्कालिन कामू सीइओ रहेका अनुजमणि तिमिल्सिना र डेपुटी सीइओ मनिष तिमिल्सिना स्वेच्छिक अवकास लिएर बाहिरिएका थिए । खनाल चार्टर्ड एकाउन्टेन्ट हुन् ।