जोडिनुहोस
बुधबार, बैशाख ३, २०८२
बुधबार, बैशाख ३, २०८२
  • होमपेज
  • सुनसरीको झुम्कामा सेञ्चुरी बैंकद्वारा १०८ वटा क्यूआर वितरण

सुनसरीको झुम्कामा सेञ्चुरी बैंकद्वारा १०८ वटा क्यूआर वितरण

सेञ्चुरी कमर्सियल बैंकले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा सुनसरीको झुम्का शाखाबाट १०८ वटा क्यूआर वितरण गरेको छ । उक्त क्यूआर वितरण बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेले स्वयं ग्राहकहरुको पसलमा गएर वितरण गरेका थिए ।

यसका साथै बैंकले झुम्का शाखाको शताब्दी खाताको कारोबार गर्ने ग्राहक हर्षित रेलाई उपचार खर्च वापतको रकम समेत उपलब्ध गराएको छ । बैंकले शताब्दी खातामा ८.०३ प्रतिशतको उच्चतम व्याजदरका साथै ७ लाखसम्मको निःशुल्क बीमा सुविधा प्रदान गर्ने गरेको छ ।

२०७८ चैत्रमसान्तसम्ममा बैंकले ९२ अर्ब ९६ करोड निक्षेप संकलन र कर्जा ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो ।

बैंकको कुल शाखा संख्या १४४े छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

2805
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?