जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • संसदमा उठ्यो सेयरबजारको विषय, राष्ट्र बैंकको नीति संशोधनको माग

संसदमा उठ्यो सेयरबजारको विषय, राष्ट्र बैंकको नीति संशोधनको माग

प्रतिनिधिसभा बैठकमा सांसदहरुले सेयरबजारको विषयमा आवाज उठाउन थालेका छन् । करिब १० महिनाअघि ३२२७ को बिन्दुमा पुगेको नेप्से परिसूचक उच्च अंकले घटेर २१०० मा आइ पुगेको छ ।

यसरी सेयर बजारमा ठूलो अंकको गिरावट आएपछि राष्ट्र बैंकको अव्यवहारिक नितीका कारण सेयर बजारका लगानीकर्ताहरु प्रताडित हुनुपरेको भन्दै सांसदहरुले सरकार र राष्ट्र बैंकलाई पुँजीबजार मैत्री नीति अङ्गाल्न सुझाव दिएका हुन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद पुष्पा भुसालले राष्ट्र बैंकको नीतिका कारण सेयर लगानीकर्ताले सडकमा आउनु परेको बताउनुभयो । उहाँले अर्थमन्त्री जनार्दन शर्मालाई राष्ट्र बैंकको उक्त नीतिलाई संशोधन गर्न आग्रह गर्नुभयो ।

सेयर बजार ५२ लाख लगानीकर्ताले डिम्याट खाता खोलेर लगानी गरेको र १५ लाख लगानीकर्ता दोस्रो बजारमा कारोबार गरिरकेको स्मरण गराउनुभयो । उहाँले लागनीकर्ताको लगानीलाई संयमित रुपमा लिन आग्रह पनि गर्नुभयो ।

3795
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका