जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • नबिल र एनबी, नेपाल इन्भेष्टमेण्ट र मेगा, ग्लोबल र विओके मर्जरको सम्झौत पछि बैकिङ्ग क्षेत्रमा मर्जर आतंकः पार्टनर खोज्न सीइओ र अध्यक्षहरुलाई भ्याईनभ्याई ?

नबिल र एनबी, नेपाल इन्भेष्टमेण्ट र मेगा, ग्लोबल र विओके मर्जरको सम्झौत पछि बैकिङ्ग क्षेत्रमा मर्जर आतंकः पार्टनर खोज्न सीइओ र अध्यक्षहरुलाई भ्याईनभ्याई ?

नेपालका ठूला भनिएका नबिल बैंक लिमिटेड, नेपाल इन्भेष्टमेण्ट बैंक र ग्लोबल आईएमई बैंकले तीन बटा मेगा बैंक नेपाल लिमिटेड, बैंक अफ काठमाण्डू लिमिटेड र नेपाल वंगलादेश लिमिटेडलाई मर्जर गर्न प्रारम्भिक सम्झौता गरेसंगै बैंक र वित्तिय संस्थामा मर्जर आतंक नै शुरु भएको छ भन्दा अब चाहि फरक पर्दैन । बैंक र वित्तिय संस्थालाई यति वेला आर्थिक वर्षको अन्तिम असार मसान्तको चासो छैन । चासो छ त मर्जरको भन्दा फरक पर्दैन । मर्जर पछि नबिल, ग्लोबल आईएमई र नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्त पुजी करिब करिब ३० अर्ब भन्दा माथी पुग्ने भएपछि अन्य वाणिज्य बैंकहरु फाइनान्स कम्पनी सरह जस्तै आफूहरु हुने डरले मर्जरको पार्टनर खोज्नका लागि परेका छन् भन्दा अब चाहि फरक पर्दैन । ३०÷३४ अर्बका बैंक तीन वटा बन्ने भएपछि राम्रो व्यापार गरेका कुनै जमानामै २ सय देखि ३०० सय भन्दा बढि शाखा बनाएर ठूला भनिएका यी ३ वटा बैंकलाई चुनौती दिँदै आएका एनआईसी एशिया बैंक लिमिटेड, प्रभू बैंक लिमिटेड, हिमालयन बैंक लिमिटेड, एनएमबी बैंक लिमिटेड, प्राइम कर्मशियल बैंक लिमिटेडलाई अब मर्जर गर्नेपर्ने बाध्यता छ भन्दा फरक पर्दैन । यसका लागि यी बैंकका अध्यक्ष, सञ्चालक र सीइओ सावहरुलाई मर्जरको पार्टनर खोज्न भ्याईनभ्याई छ । केही कमजोर मानिएका भनिएका सीभिल, सेञ्चरी, लक्ष्मी, सनराईज, सिद्धार्थ, कुमारी बैंक लिमिटेडलाई १०० को शेयर रेसियो दिने सीइओ वा अध्यक्ष १ पद दिने नाम पनि दिने शर्तमा मर्जरको कुरा ठूला भनिएका बैंकले गरिरहेको भेटिएको छ । भन्दा अब फरक पर्दैन ।

अर्को पक्ष के पनि छ भने यस पटकको बजेटमा मर्जरलाई दिइने कर छुटको कुरा छैन । त्यो बजेटमा नआएपछि नेपाल राष्ट्र बैंकले विगत वर्षहरुमा दिँदै आएको सहुलियत र छुट मौद्रिक नीतिमा दिन सक्दैन । त्यसकारण पनि यहि असार मसान्त भित्र मर्ज गर्नै बैंकहरुले मर्जरको सम्झौता गरिसक्नु पर्ने बाध्यता पनि छ भन अब चाहि फरक पर्दैन । एक बैंकका अध्यक्षले पक्तिकारसंग भने अब मर्जर बाध्यता जस्तै भएको छ । असार भित्र मर्जर सम्झौता नगरिए छुट र सुविधा नपाउने भएकोले हामी मर्जर गर्न लागि परेका छौं । उनीले थपे लेखेर राख्नु होस् असार मसान्त भित्रै १०÷१२ वटा नयाँ र साना भनिएका बैंकले मर्जरको सम्झौता गर्ने छन् । उनीको शब्द सापटी लिने हो भने । प्रभु, हिमालयन, एनआईसी एशिया, प्राइम, एनएमबी, बैंकले मर्जरको सम्भौता गर्ने छन् भन्दा अब फरक पर्दैन ।

हिजो साना भनेर हेपिएका सिभिल, सेञ्चुरी, कुमारी, सनराईज, सिटिजन्स, सिद्धार्थ लगायत दर्जनौ बैंकहरुले सीइओ देखि अध्यक्ष (एक पद) मात्रै होइन बराबर शेयर रेसियोको माग गरेको भेटिएको छ । भन्दा अब फरक पर्दैन ।

कसले कुन बैंकसंग मर्जर गर्ने छ त्यो त समयले नै देखाउला तर यी माथीका ५ वटा बैंकले प्रायः सबै बैंकहरुसंग मर्जरको कुरा अगाडी बढाएको भेटिएको छ । ठूला बैंकलाई चुनौती दिँदै आएका ८÷१० वटा वाणिज्य बैंकले चुक्ता पुँजी नबढाएर, व्यापार खस्किने, डिपोजिट जाने, भन्दा पनि आ–आफ्नो प्रतिष्ठा घट्ने हेपिने भयले पनि मर्जर गर्नुपर्ने बाध्यता हो भन्दा पनि फरक पर्दैन । हेक्का होस् । हिजो साना भनेर हेपिएका सिभिल, सेञ्चुरी, कुमारी, सनराईज, सिटिजन्स, सिद्धार्थ लगायत दर्जनौ बैंकहरुले सीइओ देखि अध्यक्ष (एक पद) मात्रै होइन बराबर शेयर रेसियोको माग गरेको भेटिएको छ । भन्दा अब फरक पर्दैन । अब हेरौ मर्जरको सम्झौता गरेका ३ वटा वाणिज्य बैंक कस्ता बन्दैछन त ?

नबिल र एनबी बैंक लिमिटेड
सम्भवतः नेपाल बङ्गलादेश बैंकलाई नबिल बैंकले चालु आर्थिक बर्ष भित्र नै प्राप्ति गरि एकीकृत कारोबार गर्ने तयारी गरेको देखिन्छ । तर अन्तिम समयमा आएर विभिन्न खटपट देखिन थालेको भेटिएको छ भन्दा फरक पर्दैन । तैपनि त्यसलाई समाधान गर्दै एकीकृत कारोबार हुनेमा बैंक उच्च स्रोतको दाबी छ । सम्भवतः जुलाई ४ तारिख अर्थात असार अन्तिम साता एकीकृत कारोबार गर्ने पक्षमा यी बैंक छन् । नबिल बैंकको एक सय कित्ता बराबर एनबि बैंकका शेयरधनीहरुले ४३ कित्ता शेयर पाउने सहमति भएको छ ।

नबिल बैंकले नेपाल बंगलादेश बैंक गाभ्न गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको देखिन्छ । एनबी बैंकलाई प्राप्ति पश्चात् बैंकको चुक्ता पूँजी २२ अर्ब ८३ करोड २९ लाख ८ हजार रुपैयाँ, जेगडा कोष २८ अर्ब ५२ करोड ५१ लाख ५६ हजार रुपैयाँ, लोन (कर्जा) ३ खर्ब ९ अर्ब ६ करोड ९ लाख ७९ हजार रुपैयाँ, डिपोजिट (निक्षेप) ३ खर्ब १६ अर्ब २५ करोड १४ लाख ६५ हजार रुपैयाँ, खुद ब्याज आम्दानी ८ अर्ब ५२ करोड ९३ लाख ६९ हजार रुपैयाँ, सञ्चालन नाफा ६ अर्ब १७ करोड ६७ लाख २८ हजार रुपैयाँ। खुद नाफा ४ अर्ब ४६ करोड ३१ लाख ८१ हजार रुपैयाँ र वितरणयोग्य नाफा २ अर्ब ५३ करोड ८१ लाख ६९ हजार रुपैयाँ पुग्नेछ । त्यस्तै, प्रतिशेयर आम्दानी २६.०६ रुपैयाँ, २३९ वटा शाखा, २८५ वटा एटिएम र कर्मचारी संख्या २ हजार २३९ जना कर्मचारी संख्या पुग्ने पक्का पक्की छ ।

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू लिमिटेड
विभिन्न बैंक तथा वित्तीय संस्थालाई गाभ्दै आएको ग्लोबल आइएमई बैंकले पछिल्लो पटक जनता बैंकसँग मर्जर गरेको थियो । विभिन्न सूचकका आधारमा ग्लोबल आइएमई बैंक एक नम्बरमा छ । वाणिज्य बैंकहरुमा एक नम्बर बन्न बैंकले बैंक अफ काठमाण्डूसँग मर्जर गर्ने सम्झौता गरेको छ । यी दुवै बैंकबीच असार २ गते ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । भन्दा फरक पर्दैन । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको हाललाई १ः१ को स्वाप रेसियो कायम गरी मर्जर गर्ने सम्झौता भएको छ

। तर ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनबाट शिफारिस भई आउने स्वाप रेसियोबाट अन्यथा कायम हुन आएमा सोही अनुसार समायोजन हुने देखिन्छ । मर्जरपश्चात् बैंकको चुक्ता पूँजी ३४ अर्ब ४१ करोड ९७ लाख ६७ हजार रुपैयाँ, जेगडा कोष १५ अर्ब ५३ करोड ७७ लाख ८३ हजार रुपैयाँ, लोन (कर्जा) ३ खर्ब ८० अर्ब रुपैयाँ, डिपोजिट (निक्षेप) ३ खर्ब ८४ अर्ब रुपैयाँ, खुद ब्याज आम्दानी १० अर्ब २३ करोड रुपैयाँ, सञ्चालन नाफा ६ अर्ब २३ करोड रुपैयाँ, खुद नाफा ४ अर्ब ५९ करोड ६९ लाख रुपैयाँ र वितरणयोग्य नाफा २ अर्ब ३२ करोड १६ लाख रुपैयाँ भन्दा बढी पुग्ने देखिन्छ ।बैकको शाखा कार्यालय ३८५ वटा, एटिएम ३६७ एटिएम, शाखारहित बैंकिङ्ग सेवा २७५ वटा, विस्तारित शाखा कार्यालय ६१ वटा, विदेश स्थित सम्पर्क कार्यालय ३ वटा र ३७ लाख भन्दा बढि ग्राहकहरु पुग्ने देखिन्छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेड
विगतमा हिमालयन बैंकसँग जोडि टुटेको नेपाल इन्भेष्टमेन्ट बैंकले मेगा बैंकसँग मर्जर सम्झौता गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक १००ः९० को अनुपातमा मर्ज हुने भएका हुन् । अर्थात नेपाल इन्भेष्टमेन्ट बैंकको १०० कित्ता बराबर मेगा बैंकले ९० कित्ता शेयर पाउने देखिन्छ ।मर्जरपश्चात् बैंकको चुक्ता पूँजी ३२ अर्ब ८१ करोड ५९ लाख ५६ हजार रुपैयाँ, जेगडा कोष, २२ अर्ब ३५ करोड २२ लाख ६ हजार रुपैयाँ, लोन (कर्जा) ३ खर्ब २३ अर्ब ९२ करोड १३ लाख ४० हजार रुपैयाँ, डिपोजिट (निक्षेप) ३ खर्ब २७ अर्ब ६२ करोड ३ लाख ६७ हजार रुपैयाँ, खुद ब्याज आम्दानी ७ अर्ब ८६ करोड ५० लाख ९८ हजार रुपैयाँ, सञ्चालन नाफा ६ अर्ब ६२ करोड ५१ लाख ६२ हजार रुपैयाँ, खुद नाफा ४ अर्ब ४९ करोड १७ लाख ९६ हजार रुपैयाँ र वितरणयोग्य नाफा १ अर्ब ४१ करोड ४० लाख २१ हजार रुपैयाँ पुग्ने देखिन्छ ।


त्यसैगरी बैंकको प्रतिशेयर आम्दानी १८.२५ रुपैयाँ, शाखा संख्या ३१६ वटा, एटिएम २७१ वटा र कर्मचारी संख्या ३ हजार २१८ भन्दा बढि जना रहने देखिन्छ । यी तीनवटा बैंकको डरलाग्दो चुक्ता पुँजीले अरु वाणिज्य बैंकहरुको हैसियत नै गुम्ने डरकै कारण मर्जर अब आवश्यता नै भएको छ भन्दा फरक पर्दैन । सचेत भया ।

 

9200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?