नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेकपा एमाले पार्टी सदस्य नभएको स्पस्टीकरण आएको छ । केहि दिनदेखि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेकपा एमाले पार्टी सदस्य रहेको भन्दै आलोचना भइरहेको छ ।
बुधबार नेकपा एमालेले स्पस्टीकरण पत्र जारी गर्दै एम अधिकारी भन्ने व्यक्ति हालका नेपाल राष्ट्र बैंकका महाप्रसाद अधिकारी नभएको प्रष्ट पारेको हो । उक्त पत्रमा एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले अर्थ विभागमा रहेका एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको र सरकारी सेवामा रहेकालाई पार्टीको कुनै विभागमा राख्ने नीति समेत नरहेको दाबी गरेका छन् ।
पार्टीको कार्यकर्ता गभर्नर हुन नसक्ने भन्दै सत्ताको नेतृत्व गरिरहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतले अधिकारीको राजीनामा मागिरहेका छन् । त्यस्तै शेयर बजारका लगानीकर्ताहरु समेत सडकमा राजीनामाको नारा लगाइरहेका छन् ।