व्याजदर बृद्धि र आपूर्ति श्रृखला चेन बिग्रिएको अन्तर्राष्ट्रिय दबाबका बाबजुत आएको मौदि्रक नीतिले विदेशी विनिमयलाई स्थिर राख्ने, मागलाई नियन्त्रण गरेर आयतलाई निरन्तरता दिने प्रयास गरेको छ, यो राम्रै कुरा हो ।
तर, बैंक रेट बढाइएको छ, यसलाई पुनरावलोकन गर्ने भनिएको छ, यस्तै ‘क्रडिट ग्रोथ’ १२.६ प्रतिशत मात्रै गर्ने भनिएको छ ।
अनिवार्य नगद अनुपात (सीआरआर) बढाउँदा तरलतालाई कम हुन जान्छ । छोटो सयम यसले दबाब सिर्जना गर्न सक्छ । बजारको ब्याजदरलाई बढ्ने संकेत गरेको छ ।
ऋणपत्रलाई एक वर्षसम्म निक्षेपमा गणना गर्न पाउने कुरा सकारात्मक छ । ग्रीन बन्ड र क्लाइमेट चेन्जबारे गरिएको कुराकानीले थप स्रोत सिर्जना गर्ने अवस्था बनेको छ । धेरै प्रभावितलाई रिफाइनान्सिङ गर्ने कुरा स्पष्ट नभए पनि नतिजा राम्रै आउला ।
काउन्टर साइक्लिकल बफर अर्को सालबाट लगाइने कुरा ठीकै छ । रेमिट्यान्सलाई बैकिङ च्यानलबाट ल्याउन लिइने नीति पनि राम्रै छ । डिजिटल बैंकिङका कुरा पनि राम्रै छ ।
मर्जरमा पनि सेयर कारोबार खुल्ला रहने कुरा राम्रो छ । ग्रोथ बढाउने भन्दा पनि उत्पादनशील क्षेत्रमा लगानी बढाएर अर्थतन्त्रको खास क्षेत्रमा नतिजा देखिनेगरी लगानी बढाउने मौद्रिक नीतिको उदेश्य देखिन्छ ।
‘लोअर ग्रोथ’बाट पनि राम्रो नतिजा देखियो भने त बैकिङ क्षेत्रलाई पनि राम्रो हुन्छ । डिजिटल बैंकिङलाई अलि उपयागी बनाउनु पर्छ ।
बैंकहरुले खोजेको कुरा चाहिं स्थायी तरलता सुविधा (एसएलएफ)लाई कडाइ गर्न खोजिएको छ । हेजिङबारे मौदि्रक नीति बोलेकै देखिएन ।
समग्रमा मौद्रिक नीति तत्काल तरलतामा असर देखिएपनि विदेशी मुद्रा सञ्चिति बढाएर जान सके कालान्तरमा नतिजा राम्रै हुन्छ ।