सूचना तथा संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपालकै सबैभन्दा ठुलो इन्स्योरेन्स एग्रिगेटर ‘मेरो बीमा’को औपचारिक उद्घाटन गरेका छन् । सञ्चार मन्त्री कार्कीले आज होटल मेरीयेटमा आयोजना भएको एक विशेष कार्यक्रममा मेरो बीमाको वेवसाइट www.merobeema.com.np
उक्त कार्यक्रममा विभिन्न बैंक तथा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत र सूचना प्रविधिका प्रमुखको उपस्थिति रहेको थियो । इंडियाबाट विभिन्न पदाधिकारीको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा दुई सय भन्दा धेरैको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पूव बीमा कर्मी तथा मेरो बीमाका संस्थापक कोषराज सुबेदीले मेरो बीमाको डिजिटल अवधारणाको बारेरमा जानकारी दिनुका साथै यसको भविष्यको बारेमा प्रष्ट्याएका थिए । रिलायन्स लाइफका डिसिइओ निराजन कंडेल, युनाइटेड इन्स्योरेन्सकी सिइओ उपासना पौडेल, प्राध्यापक इ.महेश सिंह कथायत, डिआजीइ अरुण कुमार भण्डारी, डिएसपि सौरभ राज ओन्तले डिजिटल इन्स्योरेन्सका विषयमा प्यानलिष्टको रुपमा आ-आफ्नो तर्फबाट प्रस्तुति दिएका थिए ।