जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • बैंकले आफ्नो क्षमता अनुसार दिन पाउने, नगद लाभांशमा गरिएको कडाइ खारेज

बैंकले आफ्नो क्षमता अनुसार दिन पाउने, नगद लाभांशमा गरिएको कडाइ खारेज

नेपाल राष्ट्र बैंकले नगद लाभांशमा गरेको कडाइ खारेज गरेको छ। राष्ट्र बैंकले बुधबार निर्देशन जारी गर्दै नगद लाभांशमा गरेको कडाइ खारेज गरेको हो। दुई बर्षदेखि नगद लाभांशमा कडाइ गर्दै आएको थियो।

एकातिर मर्जरप्राप्ति र अर्कोतिर हरेक बर्ष बोनस सेयर दिँदा बैंकहरुको चुक्ता पुँजी निक्कै ठूलो भइसकेको छ। चुक्ता पुँजी मात्र बढाएर राष्ट्र बैंकले के गर्न खोजेको भनेर आलोचनासमेत सुरु भइसकेको थियो।

राष्ट्र बैंकले नगद लाभांशलाई कडाइ गर्न खुद वितरणयोग्य नाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश दिन पाउने ब्यवस्था गरेको थियो। यसमा पनि मसान्तको दिन कायम निक्षेपको भारित औषत ब्याजदरको प्रतिशतभन्दा बढी हुन नहुने ब्यवस्था गरेको थियो।

यसबाहेक वितरणयोग्य नाफा चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएमा कर प्रयोजन बाहेक नगद बाँड्नै नपाइने ब्यवस्थासमेत गरेको थियो। अब यी सबै ब्यवस्था खारेज भएका हुन्।

3355
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका