जोडिनुहोस
शनिबार, असार १५, २०८१
शनिबार, असार १५, २०८१
  • होमपेज
  • आइएमई जनरलको नाफा १७ करोड १२ लाख

आइएमई जनरलको नाफा १७ करोड १२ लाख

आइएमई जनरल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८ /७९ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद बीमा नाफमा गिरावट देखिएको छ ।

१ अर्ब ७० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा २७ करोड ८४ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको जगेडा कोषको आकार बढेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा २३ करोड ९९ लाख रुपैयाँ थियो । यस अवधिमा कम्पनीको बीमा कोषमा ५५ करोड ६१ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले यस अवधिसम्ममा १७ करोड १२ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २२ करोड ३० लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २३ प्रतितशले कमी हो ।

समिक्षा अवधिमा कम्पनीले ६४ करोड ७४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५५ करोड १८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १७ प्रतिशतले बढी हो ।

कम्पनीले यस अवधिमा ३८ करोड ४९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधमा कम्पनीले २८ करोड ६१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ ०६ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ०४ पैसा रहेको छ । यस अवधिमा कम्पनीले ९४ करोड ८३ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने १ अर्ब २५करोड रुपैयाँ भुक्तानी गर्न बाँकी दाबी रकम रहेको छ  ।

1280
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका