जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • सरकारले होसियारी अपनाएकाले देश श्रीलंका हुनबाट जोगियोः अर्थमन्त्री शर्मा

सरकारले होसियारी अपनाएकाले देश श्रीलंका हुनबाट जोगियोः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले सरकारले होसियारी अपनाएकै कारणले मुलुक श्रीलंका हुनबाट जोगिएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २४औं वार्षिक साधारणसभामा मन्त्री शर्माले सरकारले अपनाएको नीतिका कारण मुलुक श्रीलंका हुनबाट जोगिएको दाबी गरे । उनले सरकारले सही नीति नलिएको भए मुलुकको आर्थिक अवस्था श्रीलंकाको जस्तै हुने अवस्था आएको समेत दाबी गरे

उनले पछिल्लो समय रेमिट्यान्स बढेसँगै विदेशी मुद्रा सञ्चिति पनि बढ्दै गएको र अर्थतन्त्र सबल हुँदै जाने दाबी गरे । उनले चाडबाड शुरु भएसँगै रेमिट्यान्स बढेको र त्यसले देशको अर्थतन्त्र बलियो हुँदै गएको बताए ।

मन्त्री शर्माले अहिले देशमा लगानीयोग्य रकम अभाव भएको स्वीकार गरे । उनले तरलता अभाव हुन नदिन सरकारले बजेट खर्चमा ध्यान दिने समेत जिकिर गरे । उनले चालु आर्थिक वर्षको बजेट खर्च प्रभावकारी बनाउन सबै मन्त्रालयलाई निर्देशन दिएको जानकारी दिए ।

मन्त्री शर्माले निजी क्षेत्रलाई उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन आग्रह गरे । देशमा लगानीको वातावराण बनेको भन्दै उनले कृषि, वनलगायतका क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गरे ।

2035
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका