जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • साङ्ग्रिला डेभलपमेन्ट बैंकले भक्स्क्रोको गेटडेस्क सफ्टवेयर प्रयोग गर्ने

साङ्ग्रिला डेभलपमेन्ट बैंकले भक्स्क्रोको गेटडेस्क सफ्टवेयर प्रयोग गर्ने

साङ्ग्रिला डेभलपमेन्ट बैंकले गेटडेस्क सफ्टवेयरको साथ आफ्नो बैंकिङ ग्राहक अनुभव बढाउन भक्स्क्रोसँग साझेदारी गरेको छ । अरुको तुलनामा फरक भएर सेवा दिने योजनाका साथ आएको  बैंकले गेटडेस्ट सफ्टवेयरबाट कलसेन्टर साझेदारी गरी गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ ।

सन् २०१८ देखि सञ्चालनमा आएको भक्स्क्रो एक डिजिटल संचार प्लेटफर्म प्रदायक हो । गेटडेस्क (क्लाउडबेस्ड कल सेन्टर सफ्टवेयर) र रिङ्गेज (बल्क अटोमेटेड भोइस ब्रोडकास्टिङ सलुसन) भक्स्क्रोको मुख्य उत्पादनहरू हुन् । यसअघि भक्स्क्रोले सिएनआवाइइएफ नेपालले आयोजनामा गरेको कार्यक्रममा ‘कस्टमर एक्सिलेन्स अवार्ड २०२२’ को विजेता र अध्यन्त्र फाउन्डेसनको तर्फबाट ‘सिएनआवाइइएफ स्टार्ट अप फेस्ट २०२२’ बाट एक करोड रुपैयाँ फन्ड कलेक्सन समेत गरिसकेको छ ।

भक्स्क्रोले अहिलेसम्म ६५ भन्दा बढी कम्पनीलाई सेवा दिएको छ । भक्स्क्रोले प्रत्येक कलमा पारदर्शिता सिर्जना गर्न, नेपाली व्यवसायहरूलाई डिजिटल सञ्चार प्रणालीमा रूपान्तरण गर्ने लक्ष्य लिएको छ ।

भक्स्क्रोको सहायताबाट गेटडेस्क, ब्लाजेन, फ्रन्टडेस्क लगायतका सफ्टवेयर प्रयोग गरि ग्राहकले कस्टमर सर्भिस डिपार्टमेन्ट, सेल, टेलिमार्केटिङ डिपार्टमेन्ट, आइभिआर, भोइस ब्रोडकास्ट वा व्यवसायीक सञ्चारको सेवा लिन सक्नेछन् । यसले ग्राहकलाई प्रत्यक कलमा स्पष्ट जानकारी प्रदान गर्नेछ ।

६ सयभन्दा बढी ग्राहक सेवा प्रतिनिधि र विक्रेतालाई सेवा दिई १५० प्रतिशतभन्दा बढी उत्पादकत्व बढाएको भक्स्क्रो, नेपालको पहिलो कलसेन्टर टेक्नोलोजी प्रवर्तक कम्पनी हो । पठाओ, एमआई नेपाल, फुडमाण्डु, टिभिएस, फोनपे, बुद्ध एयर, उपासिटी काग्रो, नर्भिक हस्पिटल, आईमार्क डिजिटल, इबिमा, निमा एकेडेमी, टिडिओ नेपाल, साथीमार्ट लगायत ७० वटाभन्दा बढी संस्थाहरूले ‘गेटडेस्क’ सफ्टवेयर प्रयोग गरिरहेका छन् ।

भक्स्क्रोले एनजीओ, आईएनजीओ, इकमर्स, राइड हाइलिङ, डेलिभरी एण्ड लजिस्टिक, हेल्थकेयर, फिन्टेक लगायत १० वटा विभिन्न इन्डस्ट्रिहरूमा आफ्नो छाप छोड्न सफल भएको कम्पनीको दावी छ ।

3005
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

" class="lazy">
काठमाडौंको बौद्धबाट २० जुवाडे पक्राउ

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?