बैंकिङ्ग
माछापुच्छ्रे बैंकका ग्राहकले नेट टिभी र इन्टरनेट मासिक किस्तामा पाउने, क्रेडिट कार्ड चाहिने

माछापुच्छ्रे बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्तामा नेट टिभी तथा इन्टरनेट प्याकेज किन्न पाउने भएका छन्।
जसका लागि माछापुच्छ्रे बैंक, एनआइटिभी स्ट्रिम्ज प्रालि र वर्ल्डलिंकबीच त्रिपक्षीय सम्झौता भएको छ। सम्झौता पत्रमा एनआइटिभी स्ट्रिम्ज प्रालि र वर्ल्डलिंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निरन राजभण्डारी र केशव नेपाल तथा बैंकको तर्फबाट नायव महाप्रबन्धक प्रसिद्धराज अर्यालले हस्ताक्षर गरेका छन्।
सम्झौता बमोजिम बैंकका क्रेडिटकार्ड प्रयोगकर्ताले बैंकको इन्स्टापे सुविधा मार्फत टिभी तथा इन्टरनेट सम्बन्धी विभिन्न कम्बो प्याकेज मासिक किस्तामा लिन सक्ने बैंकले जनाएको छ।
दसैं, तिहार एवं छठ पर्वलाई लक्षित गरी एनआइटिभी स्ट्रिम्ज प्रालि र वर्ल्डलिंकले सञ्चालन गरेको अफरमा ग्राहकले करिब ५६% सम्मको छुट पाउन सक्ने बैंकले जनाएको छ। बैंकका ग्राहकहरूले उक्त सुविधा बैंकको क्रेडिट कार्ड तथा इन्स्टापेबाट उपभोग गर्न सक्नेछन्।
बैंकको क्रेडिट कार्ड नभएका ग्राहकहरुले अनलाइन मार्फत कार्डको लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ। हाललाई यो सुविधा वर्ल्डलिंक र एनआइटिभीको नेपालस्थित सबै कार्यालयहरु मार्फत उपलब्ध गराइने बताइएको छ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार




































































