यसपालीको दशैँको टीकाको शुभ साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
असोज १९ गते बुधबार बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ टीका लगाउन शुभ रहेको समितिले जनाएको छ । त्यो दिन दिनभरी टीका ग्रहण गर्दा उपर्युक्त हुन्छ ।
समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार घटस्थापनाको शुभ साइत असोज १० गते बिहान १०ः२३ बजे रहेको छ । सोही दिनबाट नवरात्र सुरु हुन्छ ।