जोडिनुहोस
बिहिबार, बैशाख ४, २०८२
बिहिबार, बैशाख ४, २०८२
  • होमपेज
  • सूर्या लाइफ इन्स्योरेन्सले लाभांश बितरण नगर्ने

सूर्या लाइफ इन्स्योरेन्सले लाभांश बितरण नगर्ने

सूर्या लाइफ इन्स्योरेन्सले लाभांश बितरण नगर्ने भएको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले कम्पनीको वित्तिय विवरण अनुसार आ.व. २०७७/०७८ मा वितरण योग्य मुनाफा रहेको भएता पनि सो मुनाफाबाट  लाभांश वितरण नगरी हाल जगेडा कोषमा राख्ने निर्णय गरेको हो।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच एक आपसमा गाभ्ने गाभिने सम्बन्धी प्रारम्भिक सम्झौता भई मर्जर प्रक्रिया अगाडी बढीरहेको हुँदा लाभांश बितरण नगंरे निर्णय गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले नेप्सेलाई पठाएको पत्रमा भनिएको छ ‘यस कम्पनीको मिति २०७९।०६।०९ गते अपरान्ह ३:३० देखि ४:३० सम्म बसेको संचालक समितिको ३२५ औ बैठकबाट, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच एक आपसमा गाभ्ने गाभिने सम्बन्धी प्रारम्भिक सम्झौता पत्र (MOU) भई मर्जर प्रक्रिया अगाडी बढीरहेको हुँदा कम्पनीको वित्तिय विवरण अनुसार आ.व. २०७७/०७८ मा वितरण योग्य मुनाफा रहेको भएता पनि सो मुनाफाबाट शेयरधनी महानुभावहरुलाई लाभांश वितरण नगरी हाल जगेडा कोषमा राख्ने निर्णय भएको ब्यहोरा जानकारीको लागि हार्दिक अनुरोध गर्दछौ ।’

3150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका