जोडिनुहोस
सोमवार, बैशाख १, २०८२
सोमवार, बैशाख १, २०८२
  • होमपेज
  • मर्जर सम्झौता गरेका कुमारी र एनसीसीलाई राष्ट्र बैंकको सैद्धान्तिक स्वीकृति, पुसअघि गाभिने

मर्जर सम्झौता गरेका कुमारी र एनसीसीलाई राष्ट्र बैंकको सैद्धान्तिक स्वीकृति, पुसअघि गाभिने
मर्जरका लागि गत असोज १० गते (गत सोमबार) सहमति गरेका नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) र कुमारी बैंकले सैद्धान्तिक स्वीकृति पाएका छन्।

नेपाल राष्ट्र बैंकले दसैं बिदा सुरु हुनु अघिल्लो दिन (शुक्रबार) सैद्धान्तिक स्वीकृति दिएको हो।

दुबै बैंक बराबरी हैसियतमा मर्जर हुन लागेका हुन्। अब दुबै बैंकले मर्जर पूर्वका बाँकी काम सक्ने छन्। उनीहरुले सम्पूर्ण सम्पति तथा दायित्वकको मूल्यांकन (डीडीए) गर्ने छन्।

त्यसपछि विशेष साधारणसभाबाट मर्जर एजेण्डा पारित गरेर अन्तिम स्वीकृतिका लागि जाने छन्। दुबै बैंकको तयारी पुस मसान्तअघि एकिकृत कारोबार गर्ने भन्ने छ।

दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ। बैकको निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड निक्षेप हुनेछ भने कर्जा २ खर्ब ७४ अर्ब ५५ करोड हुनेछ। जगेडा कोषहरुमा भएको रकम लगायतका आधारमा बैंकको कुल पुँजी ३७ अर्ब ६५ करोड हुनेछ।

मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल हुने छन्। कुमारीका रामचन्द्र खनाल वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत हुने छन्। मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने छ।

एनसीसी बैंकका कर्मचारीका लागि स्वेच्छिक अवकाश योजना ल्याइने छ। कुमारीले भने यो योजना ल्याउने छैन। अहिले एनसीसीमा १६०० कर्मचारी छन् भने कुमारीमा १९०० कर्मचारी छन्। एक्सटेन्सन काउन्टरबाहेक शाखा संख्या ३५५ पुग्ने छ।

3160
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका