जोडिनुहोस
शुक्रबार, अशोज ११, २०८१
शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • यसपटक चुनावको दिन पनि सार्वजनिक यातायात चल्न दिने निर्णय

यसपटक चुनावको दिन पनि सार्वजनिक यातायात चल्न दिने निर्णय

यस पटकको चुनावमा चुनावको दिन पनि सार्वजनिक यातायात चल्ने भएका छन् । निर्वाचन आयोगले चुनावको दिन पनि ब्यबस्थित ढंगले सार्वजनिक यातायात संचालन गर्ने निर्णय गरेको हो ।

आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको दिन सार्वजनिक यातायात ब्यबस्थित ढंगले संचालन गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

उनले यातायात बन्द हुँदा मतदातालाई मतदान स्थलसम्म जान असहज भएको, मतदाता ओसारेको आरोप लाग्ने गरेको र सबै तिरबाट प्राप्त सुझावको आधारमा मतदानको दिन सार्वजनिक यातायात संचालन गर्ने निर्णय गरेको बताए । उनले निर्वाचन हो कि नेपाल बन्द हो भन्ने जस्ता गुनासो आएकोले पनि यातायात संचालन गर्ने निर्णय गरेको बताए । त्यस्तै उनले सार्वजनिक यातायात बन्द गर्दा सवारी चलाउनको लागि पास लिनेहरुको भिड अत्याधिक बढेकोले पनि यो निर्णय गरेको जानकारी दिए ।

यस अघिका निर्वाचनमा मतदानको दिन सार्वजनिक यातायात बन्द हुने गरेको थियो। अब भने मतदानको दिन पनि सार्वजनिक यातायात चल्ने भएको हो ।

2870
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?