जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • सिद्धार्थ बैंकद्वारा नारायणी अस्पताललाई ५५ लाख सहयोग

सिद्धार्थ बैंकद्वारा नारायणी अस्पताललाई ५५ लाख सहयोग

सिद्धार्थ बैंकले वीरगंज स्थित नारायणी अस्पतालको भवनलाई मर्मत तथा सम्भारको लागि रु. ५५ लाख सम्मको आर्थिक सहयोग प्रदान गर्न अस्पतालसँग सम्झौता गरेको छ । उक्त कार्यको समन्वय तथा सहजीकरण गैर नाफामुलक संस्था राउण्ड टेबल नेपालले  गर्ने बैंकले जनाएको छ ।

उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल, नारायणी अस्पतालका तर्फबाट अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बिरेन्द्र बहादुर प्रधान र राउण्ड टेबल नेपालका तर्फबाट उक्त संस्थाका नेशनल प्रेशिडेन्ट राहुल अग्रवालले हस्ताक्षर गरेका छन् ।

वीरगंज स्थित दियालो लर्डस् प्लाजामा आयोजित उक्त सम्झौता कार्यक्रममा बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, सञ्चालक, प्रदेश प्रमुख, शाखा प्रमुख, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, संस्थाका नेशनल प्रेशिडेन्ट, नगर प्रमुख तथा स्थानिय उद्योगपति, व्यवसायिहरुको उपस्थिति रहेको बैंकले जनाएको छ।

बैंकबाट प्राप्त उक्त सहयोग रकम नारायणी अस्पतालको विरामीहरुका लागि निमार्णधीन भवनको सिभिल, फिनिसिङ्ग तथा थप संरचना बनाउने कार्यका लागि उपयोग गरिने अस्पतालले जनाएको छ । सो सहयोगबाट विरामीहरुलाई व्यवस्थित ढङ्गबाट अस्पतालको सेवा सुविधा प्रदान गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउंदै आएको र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य रहेको उल्लेख गरेको छ ।

2535
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

" class="lazy">
काठमाडौंको बौद्धबाट २० जुवाडे पक्राउ

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?