ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले शेयर संरचना परिवर्तन गर्ने भएको छ। कम्पनीले नियामक निकायको स्वीकृति लिई र २०७९।०४।२४ गते बसेको विशेष साधारण सभाबाट पारित भए बमोजिम कम्पनीको शेयर संरचना परिवर्तन गर्न लागेको हो ।
कम्पनीले कम्पनीको संस्थापक तथा साधारण शेयरको वर्तमान अनुपात ७०:३० मा परिवर्तन गरि संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्न लागेको हो । कम्पनीका कोहि संस्थापक शेयरधनीहरुले आफ्नो स्वामित्वको संस्थापक शेयर सर्वसाधारण समूहमा परिणत गर्न ईच्छुक नभएमा सोहि अनुसारको स्वघोषणा गरि ७ दिन भित्र कम्पनीको कर्पोरेट कार्यालय ज्ञानेश्वर काठमाण्डौ वा कम्पनीको इमेल ठेगाना [email protected] मा उपलब्धन आग्रह गरेको छ।
तोकिएको समयसीमा भित्र उपरोक्त बमोजिमको स्वघोषणा पत्र संस्थापक शेयरधनीबाट प्राप्त नभएमा संस्थापक शेयरधनीहरुले संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन गर्न स्वीकति प्रदान गरेको मानिने कम्पनीले जनाएको छ।