जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • व्यापारीलाई राष्ट्र बैंकको जवाफ, माइतीघरमा जुलुस लाउँदैमा ब्याजदर घट्दैन

व्यापारीलाई राष्ट्र बैंकको जवाफ, माइतीघरमा जुलुस लाउँदैमा ब्याजदर घट्दैन

नेपाल राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले व्यापारीहरुलाई माइतीघरमा जुलसु लाउँदैमा ब्याजदर घट्दैन भन्दै गतिलो जवाफ दिएका छन् । नेपाल उद्योग वाणिज्यले संघले भोलि शुक्रबार माइतीघर मण्डलामा विरोध कार्यक्रम आयोजना गरेको पूर्व संन्ध्यामा उनले यस्तो जवाफ दिएका हुन् ।

बुधबार काठमाडौंमा तराई विकास तथा सन्चार केन्द्र नेपालले आयोजना गरेको एक कार्यक्रममा श्रेष्ठले भने, ‘माइतीघरमा जुलुस निकाल्दैमा समस्याको समाधान हुँदैन । हाम्रो उत्पादन संरचनामा परिवर्तन गर्न हामी सबै उद्योग व्यवसायीहरु लाग्नुपर्छ ।’

व्यापारीहरुलाई आयातमा आधारित व्यापारमा मात्र आश्रित नरहन सुझाव दिँदै उनले अगाडी थपे, ‘आयात गरेर त्यसलाई बेचेर मात्र आर्जन गर्ने व्यवस्था रहेसम्म्म अर्थतन्त्रमा यस्ता उतारचढावहरु आइरहन्छन् ।’

बजारमा तरलताको अभाव नरहेको जिकिर गर्दै श्रेष्ठले लगानीयोग्य पुँजीको भने अभाव रहेको स्विकारे । विदेशी मुद्राको सञ्चिति नबढेसम्म तरलता अभावको समस्या समाधान नहुने समेत उनले बताए ।

सोही कार्यक्रममा बोल्दै अर्थमन्त्रालयका राजस्व सचिव रामेश्वर दंगालले आयातमा लगाइएको प्रतिबन्धका कारण राजस्वमा प्रभाव परेको जानकारी दिए । उनले कतिपय वस्तुहरुको चोरी पैठारीका कारणले राजस्वमा असर परेको समेत बताए ।

राजस्व सचिव दंगालले विगतमा पुँजीबजार मार्फत उल्लख्य मात्रामा पँजीगत लाभकरका रुपमा राजस्व संकलन भएकोमा अहिले शेयरबजार घट्दा त्यस प्रकारको राजस्वमा समेत गिरावट आएको जानकारी दिए ।

अर्थविद् डा चन्द्रमणि अधिकारीले राजस्व सङ्कलनमा राजनीतिक दलहरूको ध्यान नपुगेको बताए । उनले भने, ‘मन्त्रालयले घोषणा गरेको मुलुकको बजेट कार्यान्वयन र चूनावी घोषणापत्रमा राजनीतिक दलहरूको तालमेल मिलेन ।’

कार्यक्रममा बोल्दै नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले आर्थिक क्षेत्रमा देखिएका समस्याको समाधान गर्न सरकार र बैंकिङ क्षेत्र सकारात्मक रहेको बताए । उनले भने, ‘आर्थिक क्षेत्रमा देखिएको समस्या हल गर्नु आवश्यक छ । तरलता समस्या समाधान गर्नका लागि बाहिरबाट फण्ड ल्याउनका लागि राष्ट्र बैङ्कले पहल गर्नुपर्छ ।

2455
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका