बैंकिङ्ग
कुमारी बैंकको वार्षिक साधारण सभाले पारित गर्यो १२.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव
कुमारी बैंकको २२औं वार्षिक साधारण सभाले कर प्रयोजनसहित चुक्ता पूँजीको १२.५०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
सोमबार सम्पन्न बैंकको साधारण सभामा पेस गरिएको आव २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आव २०७८/७९ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण प्रस्ताव पेस गरेको छ।
यस्तै, आव २०७९/८० को लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित गरेको छ। बैंकका २३३ सेवा केन्द्रहरु (१९९ शाखा र ३४ एक्सटेन्सन काउण्टर) तथा १९५ वटा एटीएमबाट सेवा दिइरहेको छ।
बैंकको आव २०७८/७९ मा चुक्ता पूँजी १४ अर्ब ७१ करोड रुपैयाँ भन्दा बढी छ। आव २०७९/८० को प्रथम त्रैमाससम्म निक्षेप १ खर्ब ७३ अर्ब र कर्जा, सापटी तथा अधिविकर्ष १ खर्ब ६१ अर्ब तथा नाफा १ अर्ब १४ लाख रुपैयाँ छ।