जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार गर्ने समय सकियो, तीन महिना समय थप्न माग

हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार गर्ने समय सकियो, तीन महिना समय थप्न माग

बीग मर्जरको चर्चा पाएको हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार गर्ने समय मंगलबार सकिएको छ । एकीकृत करोबार गर्ने समय सकिएपछि दुबै बैंकले नेपाल राष्ट्र बैंकलाई समय थप्न पत्र पठाएका छन् । दुबै बैंकको सञ्चालक समिति र मर्जर कमिटीले निर्णय गरेर थप तीन महिनाका लागि समय माग गरेको छ ।

गत आर्थिक वर्षको वित्तीय विवरण समयमै राष्ट्र बैंकमा पठाउन नसकेको र उक्त विवरण राष्ट्र बैंकबाट स्वीकृत भइनसकेका कारण मर्जरको प्रकृया लम्बिएको हो । राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि दुबै बैंकले साधारणसभा बोलाउनुपर्छ । दुबै बैंकले साधारणसभा बोलाएर सभाले उक्त प्रस्ताव पारित गरेपछि मात्रै मर्जरपछि एकीकृत कारोबार गर्न सक्छन् । अहिलेसम्म दुबै बैंकको एकीकृत वित्तीय विवरण स्वीकृत नभएका कारण बैंकहरुले साधारणसभा बोलाउन सकेका छैनन् ।

हिमालयन र सिभिल बैंक मर्जरका लागि असार २८ गते सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । मर्जरपछि सञ्चालक समिति हिमालयन बैंकको रहने र सीइओमा हिमालयन बैंकका सीइओ अशोक राणा नै हुनेछन् । हिमालयनले सिभिललाई १००ः८१ अनुपातमा गाभ्न लागेको हो ।
चालु आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा वाणिज्य बैंक र लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा आफ्नै वर्गभित्र गाभिई वा प्राप्तिमा गई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा मात्र यस बैंकबाट प्रदान हुँदै आएको मर्जर तथा प्राप्तिसम्बन्धी छुट तथा सुविधा उपलब्ध हुने व्यवस्था मिलाइने व्यवस्था गरेको छ ।

3315
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका