जोडिनुहोस
मङ्लबार, पुस १, २०८२
मङ्लबार, पुस १, २०८२
  • होमपेज
  • निर्जीवन बीमा कम्पनीको नाफा १ अर्ब १५ करोड बढी, सुचिकृत कम्पनीका कुन सूचक कस्ता ?

निर्जीवन बीमा कम्पनीको नाफा १ अर्ब १५ करोड बढी, सुचिकृत कम्पनीका कुन सूचक कस्ता ?

निर्जीवन बीमा कम्पनीको नाफा २० प्रतिशतले बढेको छ। नेपालमा सञ्चालित १९ निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन, भदौ र असोज) मा १ अर्ब १५ करोड ५८ लाख मुनाफा कमाएका छन्। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.४४ प्रतिशतले बढी हो।

गत वर्षको समिक्षा अवधिमा ९५ करोड ९६ लाख मुनाफा कमाएका थिए।

यो अवधिमा केही कम्पनीले भने नाफामा आक्रमक रुपमा वृद्धि गरेका छन् । जनरल इन्स्योरेन्सले आफ्नो नाफा १ हजार १६२ प्रतिशतले बढाएको छ । त्यस्तै ओरियन्टल इन्स्योरेन्सको नाफा सत प्रतिशत रहेको छ। युनाइटेड र सानिमाको क्रमशः ९० र ७० प्रतिशतले बढेको छ ।

केही कम्पनीको मुनाफामा भने गिरावट आएको छ।

नेप्सेमा सूचिकृत भएका ८ कम्पनीको नाफामा गिरावट आएको छ। गत वर्षको तुलनामा सबैभन्दा बढी जनरल इन्स्योरेन्सको खुद नाफामा ५० प्रतिशतको गिरावट आएको छ ।

यसैगरी सगरमाथाको ४७, हिमालय एभरेष्टको ३४, राष्ट्रिय बीमा कम्पनीको १३, एनएलजी र नेकोको समान ६÷६ प्रतिशत नाफा घटेको छ । सिद्धार्थ इन्स्योरेन्सको ५ प्रतिशत नाफा घट्दा प्रिमियरको मुनाफामा ४ प्रतिशत गिरावट आएको छ।

4125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका