ग्लोबल आइएमई बैंकले पाँच अर्ब बराबरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले ‘ग्लोबल आइएमई डिभेन्चर २०८४/८५’ नामक ऋणपत्र जारीका गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।
बैंकले बोर्डबाट निष्कासन अनुमति पाएपछि ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र जारी गर्ने छ।
बोर्डका अनुसार बैंकले जारी गर्ने सो ऋणपत्र मध्ये २० लाख कित्ता ऋणपत्र सर्वसाधरणमा बिक्री गर्ने छ भने ३० लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्ने भएको हो।
५ वर्ष अवधि रहेको सो ऋणपत्रको वार्षिक व्याजदर ११.२५ प्रतिशत रहेको छ। यो ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।