जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • राष्ट्र बैंकको प्रक्षेपण: एक वर्षमा मूल्यवृद्धि दर १२ प्रतिशत पुग्ने, तीन महिनामै १० प्रतिशत

राष्ट्र बैंकको प्रक्षेपण: एक वर्षमा मूल्यवृद्धि दर १२ प्रतिशत पुग्ने, तीन महिनामै १० प्रतिशत

नेपाल राष्ट्र बैंकले तीन महिनापछि मुद्रास्फिति दर १० प्रतिशत पुग्ने प्रतिवेदन सार्वजनिक गरेको छ। २०४० जना व्यक्तिहरुमा आधारित प्रतिवेदनका अनुसार तीन महिनापछि अपेक्षित मुद्रास्फिति दर १० प्रतिशत पुग्नेछ।

एक वर्षपछि अपेक्षित मुद्रास्फिति दर १२ प्रतिशत हुने प्रतिवेदनमा उल्लेख छ। व्यक्तिहरूले निकट अवधिमा मुद्रास्फीति घट्ने र मध्यम अवधिमा थोरै बढ्ने अपेक्षा गरेका छन्।

तीन महिना पछिको मध्य र एक वर्ष पछिको मध्य अपेक्षित मुद्रास्फीति प्रक्षेपण २०७९ असारको तुलनामा घटेको छ। असारमा तीन महिना पछिको र एक वर्ष पछिको मध्य अपेक्षित मुद्रास्फीति दर १४ प्रतिशत थियो।

असोज महिनामा वार्षिक उपभोक्ता मुद्रास्फीति ८.५० प्रतिशत छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.२४ प्रतिशत रहेको थियो।

यो महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.०५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८५ प्रतिशत रहेको छ।

1835
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?