जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • तरलता अभाव र चर्को ब्याजदरका कारण रियलस्टेट व्यवसाय धरासायी

तरलता अभाव र चर्को ब्याजदरका कारण रियलस्टेट व्यवसाय धरासायी

लामो समयदेखिको बैंकिङ तरलता अभाव र चर्को ब्याजदर, कर्जा प्रवाहमा कडाईका कारण रियलस्टेट व्यवसाय थप धरासायी बनेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार पछिल्लो समय देशभरी घरजग्गा किनबेच दुई तिहाईले घटिसकेको छ । विभागका अनुसार गएको कात्तिक महिनामा करिव २९ हजारमात्रै घरजग्गा किनबेच भएको छ ।

कोभिड–१९ को जोखिम कम हुँदै गएसँगै बैंकमा तरलता संकट देखिन थालेको थियो । नेपाल उद्योग परिसंघको अध्ययनले देशको अर्थतन्त्रमा संकट आउँदा सबैभन्दा धेरै रियलस्टेट व्यवसाय प्रभावित भएको देखाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा रियलस्टेट क्षेत्रमा ५२.८ प्रतिशतले माग घटेको देखिएको छ । यो क्षेत्रको कारोबार रकम पनि ४० प्रतिशतले घटेको छ ।

पछिल्लो समय घरजग्गाको माग र कारोबार दुबै घटेको छ । तर, सँगसँगै रियलस्टेट व्यवसायको लागत भने बढेको देखिएको छ । यस क्षेत्रले लिएको कर्जाको ब्याजदर पनि १५.६ प्रतिशतले बढिसकेको छ । रियलस्टेट कारोबार ठप्प भएपछि हाउजिङ, अपार्टमेन्ट, प्लटिङ, कमर्शियल भवन निर्माणमा थप नयाँ लगानीको योजना पनि रोकिएका छन् । पहिलो त्रैमासमा रियलस्टेट क्षेत्रमा ४० प्रतिशत नयाँ लगानीका योजनाहरु रोकिएको अध्ययनले देखाएको छ ।

निर्माणकै सिजनमा निर्माणजन्य सामाग्रीको माग पनि स्वात्तै घटेको छ । अहिले इञ्जिनियरिङ तथा कन्स्ट्रक्सन कम्पनीको काम ४३.४ प्रतिशत र कारोबार रकम ४३.७ प्रतिशतले घटेको छ । सरकारी तथा निजी तहबाट हुने विकास निर्माण कार्य ठप्प हुँदा सिमेन्ट, डन्डी, वायर, प्लास्टिकका सामाग्रीको माग र कारोबार पनि घटेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । अहिले बैंकले तरलता अभावका कारण ऋण लगानी गर्न सकिरहेका छैनन् । तरलता अभावकै कारण वाणिज्य बैंकहरुकै ब्याजदर बढेर १८ प्रतिशतसम्म पुगेको छ ।

कोभिडपछि बैंकको ब्याजदर घटेर ७ प्रतिशतसम्म झरेको थियो । पछिल्लो एक/डेढ वर्षमा ब्याजदर दोब्बरभन्दा बढीले बढेको देखिन्छ । नेपाल राष्ट्र बैंकले पनि घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जामा कडाई गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा घरजग्गामा प्रवाह हुने कर्जाको सिमा काठमाडौंमा फेयर मार्केट भ्यालूको ३० प्रतिशत कायम गरिएको छ । यसअघि बैंकले काठमाडौंमा घरजग्गामा ४० प्रतिशतसम्म कर्जा लगानी गर्दै आइरहेका थिए ।

2175
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका