जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • चितवन र हेटौडामा नाडाको बिरोध प्रदर्शन

चितवन र हेटौडामा नाडाको बिरोध प्रदर्शन

नाडाको संस्थागत सदस्य, बागमति प्रदेशअन्तर्गत रहेका चितवन अटोमोवाइल्स र हेटौंडा अटोमोवाइल्स एशोसिएशनले चितवन र हेटौडामा पनि घेरा हालेर व्यवसायीहरुले शान्तिपूर्ण विरोध कार्यक्रम गरेका छन् । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले घोषणा गरेको देशव्यापी आन्दोलन अन्तर्गत ती एशोसिएशनहरुले विरोध प्रदर्शन गरेको हो ।

व्यवसायीहरुले सरकार विरुद्धका नारा लेखिएका प्लेकार्ड तथा व्यानर बोकेर नारायणगढको लायन्स चौक र हेटौडाको बुद्धचोकमा उत्रिएका हुन् । सरकारको पछिल्लो नीतिले अटोमोबाइल्स व्यवसायीहरु नै धरासायी हुन पुगेको उनीहरुको आरोप छ । सो धर्ना कार्यक्रममा व्यवसायीहरुले चालू पुँजी कर्जा मार्गदर्शन खारेज, मौद्रिक नीति परिमार्जन, ब्याजदर नियन्त्रण, कोभिड तथा आयात प्रतिवन्धका कारण लामो समय देखि थला परेको अटोमोवाइल व्यवसायको पुनरुत्थानका लागि कर्जामा पुनर्तालिकीकरण, व्याजदरमा विशेष सहुलियतको व्यवस्था गरिनुपर्ने, अटो लोन फाइनान्सिङ सुविधामा लागेको ५० प्रतिशतको क्याप हटाउनु पर्ने, बैंकको ब्याजदर नियन्त्रण हुनु पर्ने लगायतका मागहरु राखेका थिए ।

व्यवसायीहरुको सो छुट्टाछुट्टै रुपमा सम्पन्न धर्ना कार्यक्रममा उद्योग वाणिज्य संघ चितवन र मकवानपुर उद्योग वाणिज्य संघको समेत ऐक्यबद्धता रहेको थियो ।

उक्त प्रदर्शनी स्थलमा व्यवसायीहरुले व्याजदर नियन्त्रण गर, सत प्रतिशत नगद मार्जिन व्यवस्था खारिज गर, चालु पुँजी कर्जा मार्गदर्शन स्थगन गर, मौद्रीक नीति परिमार्जन गर लगायतका नाराहरु लेखिएका प्लेकार्डहरु बोकेका थिए ।

2020
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?