जोडिनुहोस
शनिबार, चैत्र १, २०८१
शनिबार, चैत्र १, २०८१
  • होमपेज
  • सिटिजन्स बैंकको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा विस्तारित काउण्टर

सिटिजन्स बैंकको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा विस्तारित काउण्टर

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना सेवाग्राहिको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको आवश्यकताहरुलाई मध्यनजर राख्दै आफ्नो तेस्रो विस्तारित काउण्टर सेवा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा सञ्चालनमा ल्याएको छ।

काठमाडौं महानगरपालिका वडा नं १४, रविभवनमा प्रतिष्ठान छ।

कलंकी शाखाको मातहतमा रहनेगरी संचालनमा ल्याएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र प्रतिष्ठानका कार्यकारी निर्देशक राजेश उप्रेतीको उपस्थितिमा विस्तारित काउण्टर सेवा संचालनमा ल्याइएको छ।

यसअघि नै बैंकले मकवानपुर जिल्लामा रजैया विस्तारित काउण्टर र लमजुङ जिल्लामा राइनास विस्तारित काउण्टर सेवा संचालनमा ल्याई सकेको छ।

सुविधा सम्पन्न विस्तारित काउण्टरमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्ने लक्ष्य बैंकले राखेको छ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, रेमिटेन्स सम्बन्धीको सेवाहरु लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ।

बैंकका १८० वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३३ वटा एटीएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ग्राहकलाई बैंकिङ सेवा दिइरहेको छ।

2275
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका