जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • मनीचेन्जरको इजाजतपत्र वितरणमा थप कडाइ गर्दै राष्ट्र बैंक

मनीचेन्जरको इजाजतपत्र वितरणमा थप कडाइ गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले मनीचेन्जरको इजाजपत्र वितरणमा थप कडाइ गर्ने भएको छ । राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक मनीचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७मा संशोधन गर्दै थप कडाइ गरेको हो । अब मनीचेन्जर इजाजतपत्र लिन प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको ५ वर्ष व्यतीत भइसकेको प्रमाणपत्र पेस गर्नुपर्नेछ। यो व्यवस्था उक्त विनियमावलीको विनियम ४ को उपविनियम (३) मा बुँदा (ट) थप गरिएको हो।

यसैगरी सोही विनियमावलीको विनियम १९ को उपविनियम (१क) मा विनियम ४ को उपविनियम (३) बमोजिमको योग्यता नवीकरणको समयमा समेत पुगेको हुनुपर्ने व्यवस्था गरिएको छ। राष्ट्र बैंकले विप्रेषण विनियमावली, २०६७ को विनियम ४ को उपविनियम (३)मा बुँदा (ङ) थप गरिएको छ। यो बुँदामा प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएका भए सजाय भुक्तानी गरेको ५ वर्ष व्यतीत भइसकेको प्रमाण पेस गर्नुपर्नेछ।

त्यस्तै यही विनियमावलीको विनियम १५ मा उपविनियम (३) थप गरिएको छ। जसअनुसार विनियम ४को उपविनियम (३) बमोजिमको योग्यता नवीकरणको समयमा समेत पुगेको हुनुपर्नेछ।

सोही विनियमावलीको अनुसूची–१मा बुँदा नं. ५ थप गरिएको छ। थप गरिएको बुँदामा प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएका भए सजाय भुक्तानी गरेको ५ वर्ष व्यतीत भइसकेको प्रमाण पेस गर्नुपर्नेछ। यसैगरी राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक विदेशी विनियम कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ मा संशोधन गर्दै थप व्यवस्था गरेको छ।

यो विनियमावलीको विनियम ८ को उपविनियम (३)मा बुँदा (ट) थप गरिएको छ। थप गरिएको बुँदामा प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएका भए सजाय भुक्तानी गरेको ५ वर्ष व्यतीत भइसकेको प्रमाण पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

2945
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

" class="lazy">
स्वास्थ्य बीमा बोर्डको आम्दानी २ अर्ब, दाबी भुक्तानी १२ अर्ब
" class="lazy">
काठमाडौंको बौद्धबाट २० जुवाडे पक्राउ

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?