सरकारले पुस २७ गते सार्वजनिक विदा दिने भएको छ । नेपाल सरकारको नीतिगत प्राथमिकता र कार्यक्रम सार्वजनिक गर्दै पुस २७ गते सार्वजनिक विदा दिने सरकारका प्रवक्ता तथा उपप्रधान एवम अर्थमन्त्री विष्णु पौडेलले बताए ।
उनले नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक विदा दिने उल्लेख गरेका हुन्। राप्रपाले पुस २७ गते सार्वजनिक विदा दिन माग गर्दै आएको थियो ।