जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • राष्ट्र बैंकद्वारा सुपरिवेक्षकीय सूचना प्रणालीबारे थप निर्देशन जारी

राष्ट्र बैंकद्वारा सुपरिवेक्षकीय सूचना प्रणालीबारे थप निर्देशन जारी

नेपाल राष्ट्र बैंकले सुपरिवेक्षकीय सूचना प्रणाली (एसआईएस प्रणाली) कार्यान्वयनको लागि थप निर्देशन जारी गरेको छ। राष्ट्र बैंकले यस प्रणाली मार्फत कार्य गर्न गराउन आज मंगलबार ‘क’, ‘ख’, र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई थप निर्देशन जारी गरेको हो।

जस अनुसार अब बैंक तथा वित्तीय संस्थाले दैनिक तरलता विवरण (NRB01 Daily Liquidity) अर्को कार्यदिनको मध्याह्न १२:०० बजेसम्म र अन्तर बैंक कारोबारको विवरण ( NRB02 Interbank Transactions) कारोबार सम्पन्न गर्नासाथ सुपरिवेक्षकीय सूचना प्रणाली (एसआईएस रिपोर्टिङ पोर्टल) मार्फत यस बैंकमा पठाउनु पर्नेछ ।त्यस्तै २०७८ असार १ देखि राष्ट्र बैंकमा पेश गर्नुपर्ने रिर्टनहरु सुपरिवेक्षकीय सूचना प्रणाली रिपोर्टिङ पोर्टलमा समेत अनिवार्य रुपमा अद्यावधिक गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ। entity details or profiles सम्बन्धी विवरणहरु सोही अनुसूचीमा तोकिएको अवधिभित्र सुपरिवेक्षकीय सूचना प्रणाली रिपोर्टिङ पोर्टलमा नियमित रुपमा अद्यावधिक गर्नुपर्ने ब्यबस्था गरेको राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै शाखा कार्यालय तथा एक्सटेन्सन काउन्टर खोल्दा कारोबार शुरु गरेकै दिन उक्त शाखा तथा एक्सटेन्सन काउन्टर सम्बन्धी विवरण राष्ट्र बैंकको रिपोर्टिङ पोर्टलमा र सुपरिवेक्षकीय सुचना प्रणाली रिपोर्टिङ पोर्टलमा अद्यावधिक गर्नु पर्ने ब्यबस्था राष्ट्र बैंकले गरेको छ । साथै ब्याजदर संशोधन गरेको ७ दिनभित्र निक्षेप तथा कर्जाको ब्याजदर सम्बन्धी विवरण राष्ट्र बैंकको सुपरिवेक्षकीय सुचना प्रणाली रिपोर्टिङ पोर्टलमा अद्यावधिक गर्नुपर्ने ब्यबस्था राष्ट्र बैंकले गरेको छ।

2010
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
हत्याको प्रयास’ मा पुग्यो नेरुड़े मिर्मिरेको आन्दोलन
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?