पोखरा फाइनान्सका अध्यक्ष डा. दीर्घमान गुरुङले पद तथा गोपनियताको शपथ लिएका छन् ।
फाइनान्सको सञ्चालक समितिको ५१५औं बैठकबाट संस्थाको अध्यक्ष पदमा नियुक्त भएका गुरुङले नेपाल राष्ट्र बैंकका निर्देशक डा। राम शरण खरेलबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।
नवनियुक्त अध्यक्ष डा. गुरुङले शपथ लिँदै नेपाल राष्ट्र बैंकको निर्देशिका एवं संस्थागत सुशासनको पालना गर्दै संस्थाको प्रगतिको लागि हरदम प्रयत्नशील रहने प्रतिवद्धता व्यक्त गरेका