जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • साढे २२ लाख रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ

साढे २२ लाख रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ

पर्सामा साढे २२ लाख रुपैयाँसहित दुई जना हुण्डी कारोबारी पक्राउ परेका छन् । वीरगञ्जको घण्टाघरबाट वीरगञ्ज महानगरपालिका–१६ का ३४ वर्षीय विकास साह र १८ का १९ वर्षीय सुवास साहलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट २२ लाख ५० हजार रुपैयाँसहित स्रोत नखुलेको रकम भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीले त्यो रकम हुण्डी कारोबारमा प्रयोग भइरहेको पनि पुष्टि गरेको छ ।

यस्तै उनीहरुले प्रयोग गरेको बीआरओ ५ एई ९३४३ नम्बरको स्कुटी र दुई थान मोबाइल पनि बरामद गरिएको छ । प्रहरीका अनुसार दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ ।

2225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका