जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • ६ महिनामा नबिल बैंकको नाफा साढे ३ अर्ब रुपैयाँ

६ महिनामा नबिल बैंकको नाफा साढे ३ अर्ब रुपैयाँ

नबिल बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ५६.६७ प्रतिशत बढेर ३ अर्ब ४१ करोड ७६ लाख रुपैयाँ अहार्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब १८ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानी ८५.६३ प्रतिशत बढेर ७ अर्ब ८३ करोड २९ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ६८.६२ प्रतिशत बढेर ९ अर्ब ५१ करोड ६३ लाख रुपैयाँ, सञ्चालन मुनाफा ५६.०६ प्रतिशत बढेर ४ अर्ब ८६ करोड रुपैयाँ र वितरणयोग्य मुनाफा ९७ करोड १३ लाख रुपैयाँ रहेको छ ।

पुस मसान्तसम्ममा बैंकको चुक्ता पूँजी १८.५० प्रतिशत बढेर २७ अर्ब ५ करोड रुपैयाँ, जगेडा कोष ११.०४ प्रतिशत घटेर २६ अर्ब ८१ करोड ९२ लाख रुपैयाँ, निक्षेप ६.५१ प्रतिशत बढेर ३ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ र कर्जा १७.१३ प्रतिशत बढेर ३ खर्ब ५१ अर्ब ६४ करोड १५ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ६७ पैसा बढेर २५ रुपैयाँ २६ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात २८.१९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ १२ पैसा रहेको छ ।

2170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?