जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • नेशनल माइक्रोफाइनान्सलाई नेप्सेले सोध्यो स्पष्टीकरण

नेशनल माइक्रोफाइनान्सलाई नेप्सेले सोध्यो स्पष्टीकरण

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ३८.५ प्रतिशत लाभांश प्रस्ताव गरेको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरी स्पष्टीकरण सोधेको छ । सोमबार बिहान बसेको लघुवित्त सञ्चालक समितिको बैठकले आर्थिक वर्ष (आव) २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई ३८.५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि त्यस्तो सूचना, जानकारी तथा निर्णय सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था छ ।

तर, नेशनल माइक्रोफाइनान्स लघुवित्तले उक्त विनियममा भएको व्यवस्था पालना नगरेकोले उक्त विनियमावलीको विनियम १६(१) (ख) मा भएको व्यवस्था अनुरुप कम्पनीको धितोपत्रको कारोबार स्थगन गरिएको साथै पत्र प्राप्त भएको मितिले ३ (तीन) कार्यदिन भित्र के कति कारणबाट समयमा नै जानकारी दिन नसकेको ? सो सम्बन्धमा स्पष्टीकरण पेश नेप्सेले निर्देशन दिएको छ ।

सोमबार बिहान ९ बजे सञ्चालक समितको बैंठक बसेको र सेयर कारोबार सुरु भएपछि ११ बजेर ४ मिनेटमा मात्रै नेप्सेमा सूचना प्राप्त भएको नेप्सेले जनाएको छ । लघुवित्तले ३८.५ प्रतिशत बोनस सेयर प्रस्ताव गर्दै ३० असार २०७८ मा महिला सहयात्रा लघुवित्तसँम गर्जर गरी एकीकृत कारोबार सुरु गरेकोले त्यसभन्दा अगाडि कायम सेयरधनीले लाभांशमा लाग्ने कर छुट हुने हुँदा कर प्रयोजनका लागि नगद लाभांश भने प्रस्ताव नगरेको जनाएको छ ।

कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

2595
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

" class="lazy">
काठमाडौंको बौद्धबाट २० जुवाडे पक्राउ

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?