जोडिनुहोस
शुक्रबार, पुस ४, २०८२
शुक्रबार, पुस ४, २०८२
  • होमपेज
  • कामना सेवा विकास बैंक घोटाला प्रकरणः २२ जनाविरुद्ध पक्राउ पूर्जी जारी

कामना सेवा विकास बैंक घोटाला प्रकरणः २२ जनाविरुद्ध पक्राउ पूर्जी जारी

कामना सेवा विकास बैंकमा भएको घोटालाबारे थप छानविन गर्न २२ जना कर्मचारीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । बैंकमा घटेको झण्डै ४० करोड रुपैयाँ घोटाला प्रकरणमा प्रहरीले बैंकका २२ जना कर्मचारीविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । पक्राउ पूर्जी जारी भएकामध्ये केही उच्च अधिकारी पनि छन् ।

घोटाला प्रकरणबारे राष्ट्र बैंकको इन्सपेक्सनपछि कार्वाहीका लागि सीआईबीमा पत्र पठाएसँगै कर्मचारीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो । ‘इलाका प्रहरी कार्यालय दमकले पक्राउ पूर्जी जारी गरिसकेको छ’, स्रोतले भन्यो, ‘पक्राउ पूर्जीमा बैंकका उच्च तहका कर्मचारीको पनि नाम छ ।’

बैंकले झापाको दमक क्षेत्रमा विभिन्न व्यक्ति तथा कम्पनीको नाममा प्रवाह भएको ३१ करोड रुपैयाँ अपचलन गरेको पाइएको थियो । यसरी प्रवाह हुने अधिकांश ऋण बिनाधितोको समेत छ । पक्राउ पूर्जी जारी भएको खबरपछि केही कर्मचारी भागेका छन् भने केहीले प्रहरीसमक्ष आत्मसमर्पण गर्ने तयारी गरेका छन् ।

यसअघि कामना सेवामा भएको सो घोटालाका बारे समाचार प्रकाशन गरेपछी राष्ट्र बैंकले बैंकमा इन्स्पेक्सन गरेको थियो । इन्स्पेक्सनका क्रममा बैंकमा करोडौँको घोटाला भेटिएपछि राष्ट्र बैंकले थप अनुसन्धानका लागि सो फाइल सिआईबीमा पठाएको थियो ।

यता सोही प्रकरणमा प्रहरीले मुक्तिनाथ विकास बैंकका दमक शाखाका शाखा प्रबन्धक जीवन भण्डारीलाईसमेत पक्राउ गरेको छ । यसअघि उनी कामना सेवा बिकास बैंकमा थिए । बैंकका प्रदेश नम्बर १ प्रमुख सुजन राईलाई पनि प्रहरीले यस अघि नै पक्राउ गरिसकेको छ ।

3995
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका