सानिमा जीआईसी इन्स्योरेन्सको बीमाशुल्क ६१ प्रतिशतले वृद्धि भएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको बीमाशुल्क आर्जन गत वर्षको भन्दा ६१ प्रतिशतले बढेको हो।
कम्पनीले २३ करोड ९५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। गत वर्ष सो अवधिमा कम्पनीले १४ करोड ८१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।
चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीको नाफा १०२ प्रतिशतले बढेको छ। कम्पनीले ११ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको हो। गत वर्ष ५ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो।
दाबी भुक्तानीमा कम्पनीले ९ करोड ९० लाख रुपैयाँ तिरेको छ। कम्पनीले ६ हजार ४२ जनालाई एक अर्बभन्दा बढी दाबी भुक्तानी दिन बाँकी छ।
लगानी कर्जा र अन्य स्रोतबाट ३ करोड ९५ लाख रुपैयाँ आम्दानी गरेको छ। पुनर्बीमा कमिसनबाट १४ करोड रुपैयाँ आम्दानी गरेको हो। अभिकर्ता कमिसनमा एक करोड ४२ लाख रुपैयाँ खर्चिएको छ। व्यवस्थापन खर्चमा १ करोड ४२ लाख रुपैयाँ खर्च भएको छ।
चुक्ता पुँजी २ अर्ब रहेको कम्पनीको जगेडा कोषमा २६ करोड रुपैयाँ र जीवन बीमा कोषमा ३४ करोड रुपैयाँ सञ्चित छ।
यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ११.७५ रुपैयाँ र प्रति सेयर नेटवर्थ १३१.८७ रुपैयाँ छ।