जोडिनुहोस
बिहिबार, पुस ३, २०८२
बिहिबार, पुस ३, २०८२
  • होमपेज
  • साना दाबीलाई यथाशीघ्र भुक्तानी गर्न प्राधिकरणको निर्देशन, प्रमाण जुटेको १५ दिनमा फर्छ्यौट गर्नै पर्ने

साना दाबीलाई यथाशीघ्र भुक्तानी गर्न प्राधिकरणको निर्देशन, प्रमाण जुटेको १५ दिनमा फर्छ्यौट गर्नै पर्ने

नेपाल बीमा प्राधिकरणले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई साना प्रकृतिको दाबी भुक्तानी न्युनतम कागजपत्र जुटेको १५ दिन भित्र फर्छ्यौट गर्न निर्देशन जारी गरेको छ ।

निर्जीवन बीमा कम्पनीले २ लाखसम्मको दाबीलाई सानो दाबी मानी यथाशीघ्र फर्छ्यौट गर्नुपर्नेछ । बाली, पशुपन्छी, कृषि तथा लघु बीमा तर्फ ५० हजारसम्मको दाबीलाई सानो दाबी मानि यथाशीघ्र फरछ्यौट गर्नुपर्नेछ । यस्ता दाबी भुक्तानीका लागि न्युनतम प्रमाणहरु प्राप्त भए पछि १५ दिन भित्रमा दाबी फर्छ्यौट गर्नु पर्ने व्यवस्था गरेको हो ।

त्यस्तै बीमा कम्पनीहरुले दाबी भुक्तानीको त्रैमाशिक विवरण १५ दिन भित्रमा सार्वजनिक गर्ने भएको छ । प्राधिकरणले दाबी भुक्तानी मार्गदर्शन (दोस्रो स्शोधन) २०७९ मा यस्तो व्यवस्था थप गरेको हो । बीमा दाबी भुक्तानीको मुल मार्गदर्शनको दफा १८ मा संशोधन गर्दै उपदफा २ पछि उपदफा तीनमा ‘बीमकले दाबी भुक्तानीको त्रैमासिक विवरण प्रत्येक तीन महिना समाप्त भएको मितिले पन्ध्र दिन भित्र अनुसूची-३ बमोजिमको ढाँचामा प्राधिकरण समक्ष प्रतिवेदन बुझाउनु पर्नेछ ।

3185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका