जोडिनुहोस
शनिबार, असार १५, २०८१
शनिबार, असार १५, २०८१
  • होमपेज
  • बैंक तथा वित्तीय संस्था विरुद्धका अवैध गतिविधि रोक्न गृहको निर्देशन

बैंक तथा वित्तीय संस्था विरुद्धका अवैध गतिविधि रोक्न गृहको निर्देशन

गृह मन्त्रालयले बैंक तथा वित्तीय संस्था विरुद्ध हुनेृ अवैध गतिविधि रोक्न निर्देशन दिएको छ। गृहले ७७ वटै जिल्ला प्रशासन कार्यलयमा पत्राचार गर्दै जिल्लाभित्र बैंक तथा वित्तीय संस्थाविरुद्ध हुने गलत गतिविधि रोक्न निर्देशन दिएको हो।

गृहसचिव विनोद प्रकाश सिंहले बैंक तथा वित्तीय सेवामा अवरोध नपुर्याउने गतिविधिको कडा निगरानीका साथ अघि बढ्न निर्देशन दिएको बताए। उनले भने, ‘कडा निगरानीका साथ बैंक तथा वित्तीय संस्था विरुद्धका अवैध गतिविधि रोक्न तथा सेवा अवरुद्ध तथा नकरात्मक प्रभाव पार्ने गरी हुने गतिविधि रोक्न निर्देशन दिएका छौँ।’

पछिल्ला दिनहरुमा बैंक तथा वित्तीय संस्थाको ब्याजदर अस्वभाविक भएको भन्दै विभिन्न समहूले आन्दोलन गरिरहेका छन्। बुधबार मात्रै जाजरकोटमा एनआइसी एशिया लघुवित्तको फिल्डमा गएका कर्मचारीलाई एक समुहले कालोमोसो दलेको थियो ।  विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले उक्त घटनाको ऐक्यवद्धता जनाएकाले घटनामा उनीहरुकै संलग्नताको आशंका गरिएको छ ।

त्यस्तै विहीबार कैलालीको धनगढीमा रहेका बैंकका शाखाहरुमा उद्योगी व्यवसायीहरुले ताला लगाइदिएका थिए। पछिल्लो समयमा बैंक तथा वित्तीय संस्था तथा लघुवित्त विरुद्ध केही समूहले आन्दोलन गर्ने, कर्मचारीमाथि दुव्र्यवहार गर्ने तथा सेवा नै अवरुद्ध हुने गरी आन्दोलन भइरहेका छन् ।  उक्त पार्टीले कपिवस्तुको एक भागमा लघुवित्तलाई प्रतिबन्ध नै लगाएको विज्ञप्तिमार्फत दावी गरेको थियो ।

1075
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?