बिहीबार (फागुन २५ गते) एनआईसी एशिया बैंकका सेवा अवरुद्ध हुने भएका छन् । बैंकको डेबिट, क्रेडिट र डलर कार्डहरुबाट हुने कारोबार अवरुद्ध हुने भएको हो ।
साथै एटिएम र पिओएस सेवा पनि अवरुद्ध रहने बैंकले जनाएको छ । भोलि बिहान २ बजेदेखि ४ बजेसम्म बैंकको कारोबार स्विचिङ सेवा प्रदायक नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम मा कार्ड नेटवर्क म्यान्डेट इन्स्टलेसन कार्य हुने भएको उक्त सेवाहरु अवरुद्ध रहने बैंकले जनाएको छ ।