एशियन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको फागुन ३० गते बिहान बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पूंजी २ अर्ब ९० करोड ८१ लाखको ८.५० प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ ०.४४७ प्रतिशत नगद लाभांस गरि कुल ८.९४७ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
नेपाल बीमा प्राधिकरणले स्विकृती दिए पश्चात् र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।